माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा शुरू

माघ २८, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरू गरेको छ ।

बैंकले एकद्वार प्रणालीमार्फत् सम्पूर्ण शैक्षिक कर्जा र अनलाइन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरू सहज रुपमा प्रदान गर्ने उद्देश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

‘हब’बाट विद्यार्थीले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने छन् ।

बैंकको काठमाडौंस्थित पुतलीसडक शाखाबाट उक्त सेवा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीले शैक्षिक कर्जा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् । कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।

विद्यार्थीले सोही ‘हब’बाटै सम्पूर्ण अनलाइन भुक्तानी सेवाजस्तै पीटीई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएली, एसीटी, एसीसीए, अस्टे«लियन भिसा शुल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्किप्ट अर्डरबारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यसबाहेक विद्यार्थीले शाखामार्फत् आफूलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनमा आफ्ना अरु शाखामार्फत् समेत विस्तार गर्दै जाने लक्ष्य बैंकले राखेको जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखा र ५७ शाखारहित बैंकिङ सेवा गरी १ सय ५० स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
बैंकका देशभर १ सय १४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस