×

NMB BANK
NIC ASIA

टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा हालै पुनर्निर्माण गरी हस्तान्तरण गरिएको शारदा माध्यमिक विद्यालयको भारतीय राजदूत महामहिम मञ्जीवसिंह पूरीले उद्घाटन गरेका छन् ।

Muktinath Bank

‘नेपाल भूकम्प पुनव्र्यस्थापन परियोजना’को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको शारदा माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपाङ्गमैत्री रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत अप्रिल २०१५को भूकम्पद्वारा सो विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।


Advertisment
Nabil box
Kumari

सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वीएस तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक ताम लाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो । 

Vianet communication
Laxmi Bank

हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरीवेक्षक, डीएलपीआईयू प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यको पनि उपस्थिति रहेको थियो ।

समारोहमा भारतका पूर्वमन्त्री तथा टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वीएस तारापोरवालाले भने, ‘२०१५ मा नेपालमा आएको भूकम्प ज्यादै दूर्भाग्यपूर्ण भएको र सो भूकम्पले धेरैको ज्यान गएको, घर तथा विद्यालयहरुको क्षति भएको, धेरै परिवारहरु निर्वासित हुनुका साथै उनीहरूको जीवनयापनमा समेत नराम्रो असर पर्न गयो ।’ उक्त भुकम्पको असर कम गर्न टाटा ट्रस्टले पहलकदमी लिएको छ । 

समारोहमा बोल्दै भारतीय राजदूत महामहिम मञ्जीवसिंह पूरीले भने, ‘नेपाल तथा भारतबीच प्राचीनकालदेखि मैत्री सम्बन्ध र दुवै मुलुकबीच आपसी सम्मान रहिआएको छ ।’ नेपालको आर्थिक विकास अभियानमा सधैं भारतको सहयोग रहने कुरामा जोड दिए ।

समारोहमा विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले भूकम्प पश्चात् विद्यालय भवनमा क्षति भएकोले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए । उनले कक्षाहरू भूकम्पले नष्ट भएकोले भवन बाहिर समेत अध्यापन गर्न परेको कुरा बताए । उनले टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई विद्यालय पुनर्निमाणमा प्राप्त अतुलनीय सहायताको लागि कृतज्ञता व्यक्त गरे ।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधिसहित निर्माण गरिएको छ ।

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा ‘नेपाल भूकम्प पुनव्र्यस्थापन परियोजना’को समन्वयमा ७ वटा विद्यालय र स्वास्थ्यचौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । शारदा माध्यमिक बिद्यालय, जल्पादेवी माध्यमिक बिद्यालय, कुपकन्या माध्यमिक बिद्यालय, मार्मिङ आधारभुत विद्यालय, तपिनारायण आधारभुत विद्यालय, जनज्योति आधारभुत विद्यालय र पुल्पिङकट्टि स्वास्थ्य चौकीको पुनर्निर्माण अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा विद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ । 

सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष समेत रहेका शम्भुप्रसाद दाहालले भने, ‘यो पुनव्र्यवस्थापना परियोजनाको कार्यान्वयनका लागि केही वर्ष देखि हामी तन मन धनले लागि रहेका छौं ।’ सिप्रदीयन सहायता संस्थाद्वारा परियोजनाको इन्जिनियरिङ्ग, संरचना, प्रविधि देखि पूर्ण सुविधासम्पन्न तथा सामग्रीले भरिपूर्ण कक्षा निर्माण गर्न सानासाना कुरामा समेत पूर्ण रुपले ध्यान दिएको जानकारी गराए । उनले भने, ‘कम्पनीको सामाजिक दायित्व सम्बन्धी कार्यका लागि हामी सधैं तयार छौं तथा भविष्यमा पनि यसलाई सुचारु राख्ने छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x