कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
माघ २८, २०७५
काठमाडौं – ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत् १ सय २० जना विजेताको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ ।
यसअघि नै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २ सय ४० जना छनौटमा परिसकेका थिए । योजना अन्तर्गत भाग्यशाली विजेताले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टरमार्फत् देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।
तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यसअघि नै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टरमार्फत् गोसाइकुण्ड देवदर्शन यात्रा गरिसकेका छन् ।
यस योजनामा हालसम्म १ सय ८० कुपनमार्फत् ३ सय ६० जना छनौट भइसकेका छन् भने अझै १ सय २२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्टले पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार १०० देखि १००० रुपैयाँसम्म नगद र २.५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेश गरिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । योजनाको छोटो समयमै ग्राहकले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।
छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाएर योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवारले सम्पूर्ण ग्राहकलाई हार्दिक धन्यवाद दिँदै अझै योजना अन्तर्गत सिअर सर्ट पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारासहित विभिन्न क्षेत्र शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जनजस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभर नै ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असल ओपीसी सिमेन्ट हो ।
सन् २००९ मा नेपालको केन्द्र भाग हेटौडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...