×

NMB BANK
NIC ASIA

ट्राफिक प्रहरीसँग स्मार्ट प्रविधि : अब इण्टरनेटबाटै सवारी जाँच !

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके – अब तपाईंको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा २ चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । 

Muktinath Bank

तपाईं गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईं ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले यसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्राफिकले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेशन माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्नेछ । यो एप्सले तपाईंले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन भन्ने लगायत जानकारीसँगै चालकको तस्वीरसहितको सबै कुराको अभिलेख राख्नेछ । 


Advertisment
Nabil box
Kumari

नियम पालना गर्नुभएको छैन भने एप्स जानकारी दिनेछ र सोही आधारमा सवारी चालकलाई कारवाही गरिने छ । यदि कारवाहीबाट बच्न तपाईँ चाहनुहुन्छ भने ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशन पालना गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ आइतवारदेखि सञ्चालनमा ल्याएको छ । 

Vianet communication
Laxmi Bank

एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङग्वेजको एण्ड्रोइड भर्सनमा विकास गरिएको उक्त एप्स पहिलो चरणमा बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौंको नागढुंगा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

लामो दूरीका क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीबाट ‘ट्राफिक कम्युनिकेशन एप्स’को औपचारिक उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो । एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा २ चालक राखिने हुँदा दुर्घटनामा कमी आउने उनको विश्वास छ । 

‘लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए नभएको जानकारी दिने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने हामीले विश्वास गरेका छौं,’ प्रहरी निरीक्षक रोकायले भने, ‘लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इण्टरनेटको सर्भरमा राखिनेछ, यात्राका क्रममा विभिन्न पोस्टमा जाँच गरिनेछ, सो क्रममा उही चालक भेटिएमा कारवाही हुनेछ ।’ 

‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एप्समार्फत् सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे । यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न भने आनाकानी गरिरहेका थिए । 

एप्स सञ्चालनमा आएसँगै लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित हुने विश्वास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले अब सवारी चालकले नियम मिच्न नपाउने भन्दै यसले दुर्घटना न्यूनीकरणमा सहज हुने बताए । – काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x