×

NMB BANK
NIC ASIA

छिमेकीको प्रश्न- ‘प्रचण्डज्यू, तपाईं हिँड्ने बाटो चिल्लो छ, हामीलाई खै ?’

माघ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडा‌ैं – ‘बर्खाअगाडि मास्क लगाउनेको संख्या धेरै थियो, अहिले घटेको पाएको छु,’ प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै गत पुस ११ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘म बसेको खुमलटार क्षेत्रमा पनि झण्डै एक वर्षपछि धूलोमैलोको स्थिति रहेन । बिस्तारै काठमाडौं उपत्यकाभरि त्यो परिस्थिति बन्दैछ ।’

Muktinath Bank

प्रचण्डले संकेत गर्न खोजेको विषयलाई अलि नजिकबाट हेरौं । तपाईं सातदोबाटो–टीकाभैरव रोड अर्थात् चापागाउँ दोबाटो हुँदै ठेचोतर्फको यात्रा गर्दै हुनुहुन्छ भने चक्रपथबाट बाहिरिनासाथ फराकिलो र सफा सडक देख्न सक्नुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटार बस्न थालेपछि यस क्षेत्रमा सडकको अवस्था सुध्रिएको हो । सडक पिच भएको झण्डै आठमहिना भयो । त्यसअघि यो सडकको अवस्था दयनीय थियो । प्रचण्डले दैनिक यात्रा गर्नुपर्ने भएपछि रातारात स्तरोन्नति र पिच गरियो ।


Advertisment
Nabil box
Kumari

रिङरोडबाट युलेन्स स्कूलसम्म सडक निकै राम्रो देखिन्छ । त्यहाँबाट दाहिनेतर्फ लागेपछि प्रचण्ड निवास जाने सडक पनि सफाचट नै छ । दायाँबायाँ पनि फाहोर राख्ने डस्टबीनहरू पनि राखिएका छन् । त्यसैले शायद प्रचण्डलाई लाग्यो, आफ्नो ठाउँमा धूलोधूवाँ हराएपछि पूरै काठमाडौं सफा भयो । त्यसो त प्रचण्डको घर जाने रुटका बासिन्दा पनि खुशी नै छन् ।

Vianet communication
Laxmi Bank

प्रचण्ड आएपछि सडकको अवस्था सुध्रिएको स्थानीय व्यापारी प्रकाश महर्जन बताउँछन् । ‘प्रचण्डज्यू, आएपछि सडकको अवस्था त सुध्रिएको छ,’ महर्जनले भने ।

खानेपानी र ढलको समस्या भने समाधान हुन बाँकी रहेको उनी बताउँछन् ।

प्रचण्डको घर पार गरेपछि देख्न सकिन्छ सडकको पुरानै हविगत । प्रचण्डकै घरपछाडिको बाटोमा हामी पुग्दा मानिसहरू हिलोमा निकै कष्टपूर्ण ढंगले यात्रा गरिरहेका थिए ।

ललितपुर महानगरपालिका– २६ सुनाकोठी र त्यस आसपासका क्षेत्रमा सडक खनेर धूलो/हिलो भएको झण्डै २ वर्ष बितिसक्यो तर सडक पिच हुन सकेको छैन । 

स्थानीय तुलसा थापा भन्छिन्– ‘हाम्रोभन्दा अलिकति तल अध्यक्ष प्रचण्डको घर जाने सडक चिल्लो छ, १०० मिटरमाथि हाम्रो सडकको अवस्था भने बिजोग छ । २ वर्ष भयो सडक बनेको छैन । हामीले खानेपानी ल्याउनेसम्म पनि सडक छैन । हामीले पानी खानु पर्दैन ?’

मेलम्ची खानेपानीको लाइन र ढल तथा सडकको विवादले त्यस क्षेत्रको सडक निमार्णमा ढिलाइ भएको थापा बताउँछिन् । 

अर्का स्थानीय रमेश महर्जनले आक्रोशित हुँदै थपे, ‘सुनाइदिनुस् प्रचण्डज्यूलाई, तपाईं हिँड्ने बाटो चिल्लो छ, हामीलाई खै ? हामीले सधैँ यस्तै गरी हिँड्नुपर्ने हो ?’

ठेचो, ताहाखेल र चापागाउँ जाने सडकको अवस्था झनै नाजुक छ । पुरानो पिच उप्किएर सडकमा खाल्डाखुल्डी परेका छन् । आवतजावत गर्न समस्या छ ।

दिनहुँजसो २/४ वटा दुर्घटना भइरहने र यात्रुहरू घाइते भइरहने गोदावरी नगरपालिका स्थित चापागाउँमा स्थानीय रामकृष्ण महर्जन बताउँछन् । मुलुकमा तीन तहको सरकार हुँदा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ ।

यस क्षेत्रमा पुगेर जो कोहीलाई सोध्दा पनि आक्रोश पोख्छन्, नेताहरू आफू हिँड्ने बाटो राम्रो चाहिने, हामीलाई चाहिँ सधैँ सास्ती !’

हेर्नुहोस्, प्रचण्डको घरसम्म पुग्ने बाटो

हेर्नुहोस्, जनता मात्र हिँड्ने बाटो :

भिडियाे :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x