जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई विषवृक्षसँग तुलना गर्दै त्यसलाई जति बढ्न दियो नियन्त्रण झन्-झन् चुनौतिपूर्ण हुने मन्तव्य मार्फत सरोकारवालाहरूलाई सजग गराउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवस समारोहलाई सोमवार साँझ सम्बोधन गर्ने क्रममा उहाँले अख्तियार दुरुपोगका अन्य पक्षहरूको पनि गम्भीर चर्चा गर्नुभएको छ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले गरेको व्यवस्था अनुसार स्थापना भएको यस आयोगले अख्तियारी प्राप्त निकायका पदाधिकारीहरूले पदको दुरुपयोग गरी अनुचित लाभ र अन्य आर्थिक अनियमितता गरे गराएको पाएमा छानबीन तथा अदालती कारवाही गराउन पाउँछ । पैसाकै अवैध लेनदेन मात्र अख्तियारको दुरुपयोग हुँदैन; गर्नु पर्ने काम नगर्नु र नगर्नु पर्ने कार्य गर्नु पनि दुरुपयोग नै हुन्छ । नीतिगत तहबाट हुने सार्वजनिक कार्य वा सेवाप्रवाह सम्बन्धी कृयाकलापलाई अनुचित प्रभाव पार्ने काम पनि दुरुपयोगकै कित्तामा पर्छ ।
तर २०७२ सालमा जारी गरिएको संविधानले ‘अनुचित कार्य’ लाई आयोगको दायराबाट हटाइदिएकोले हालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलेको दाँजोमा कम प्रभावकारी भएको महसूस गरिएको छ ।
यसबीच साविकका एक प्रमुख आयुक्तको कार्यशैली विवादमा आयो र संसदीय महाअभियोगको प्रसङ्ग पनि प-यो । त्यसले आयोगको कार्यक्षमता प्रभावित भयो र जे प्रयोजनका लागि आयोग स्थापना भएको हो तदनुरुप काम हुन सक्नेमा जनस्तरमा सन्देह पैदा भयो ।
सोमवारको कार्यक्रममा प्रमुख आयुक्त नवीनकुमार घिमिरेबाट आयोगको प्रभावकारिता उल्लेख्य स्तरमा बढाउन तीन-खम्बे रणनीति अपनाउन लागिएको जानकारी आएको छ जसको विस्तृत चर्चा सोमवारकै गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा देखिन्छ । मुख्य कुरा आर्थिक अनियमितताबारेका उजुरीमा कारवाही गर्नेभन्दा अवैध काम हुनै नपाउने अवस्था निर्माण गर्ने उद्देश्य राखी तदनुसार गर्ने सोच बनाइएको बुझिन्छ । अर्को शब्दमा, अनुचित कृयाकलापलाई प्रारम्भमै रोक्ने विधि र संयन्त्रको व्यवस्था गर्ने नीति अवलम्बन गरिने भएको छ ।
समाजमा सदाचार कायम गर्ने सन्दर्भमा यो प्रतिकारात्मक उपाय हो, तसर्थ स्वागतयोग्य छ । तर यसको निमित्त आयोग सम्बन्धी ऐन कानूनको संशोधन र तर्जुमा आवश्यक पर्दो होला । र, यसको थालनी ‘अनुचित कार्य’ लाई आयोगको क्षेत्राधिकारमा पार्ने गरी संविधान संशोधनबाट हुन सक्छ । हुन त वर्तमान संविधानका अन्य कतिपय पक्षको संशोधनको माग पनि भैरहेको छ, परन्तु यहाँ हामीले अख्तियारको सीमित सन्दर्भमा मात्र परिवर्तन, परिमार्जनको सुझाउ दिनु समयोचित ठानेका हौं ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...