×

NMB BANK
NIC ASIA

राजधानी सिफारिस समिति जोडजाममै प्रदेशसभा, विशेष समितिमा सदस्य हेरफेर

माघ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठित विशेष समितिमा सदस्य हेरफेर गरिएको छ ।

Muktinath Bank

समितिमा सबै जिल्लाका सदस्यको प्रतिनिधित्व नभएको भन्दै पटक–पटक संसदका कुरा उठ्दै आएको थियो । समितिमा पश्चिम नवलपरासी, रूकुम र बाँकेबाट प्रतिनिधित्व थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका ३ जना सदस्य हटाएर ३ नयाँ सदस्यहरू थप गरिएका हुन् । रूपन्देहीका अष्टभुजा पाठकलाई हटाएर नवलपरासी पश्चिमका बैजनाथ कलवारलाई थप गरिएको छ । अर्घाखाँचीका चेतनारायण आचार्यलाई हटाएर बाँकेका बाबुराम गौतम र बर्दियाका दिपेश थारूलाई हटाएर रूकुम पूर्वका तेजबहादुर ओलीलाई सदस्यमा थप गरिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको मंगलवार बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले ३ जनाको नाम हटाएर नयाँ ३ नयाँ समितिमा थप गरिएको सभालाई जानकारी दिए । १५ सदस्यीय समितिमा कल्पना पाण्डे (अर्घाखाँची), तारा जिसी (प्यूठान), तुलसीप्रसाद चौधरी (रूपन्देही), दीनेश पन्थी (गुल्मी), दिपेन्द्र पुन मगर (रोल्पा), नारायणप्रसाद आचार्य (पाल्पा), निर्मला क्षेत्री (अर्घाखाँची), भुवनेश्वर चौधरी (बर्दिया), रमा अर्याल (रूपन्देही), वीरबहादुर राना (पाल्पा), विष्णुप्रसाद पन्थी (कपिलवस्तु), सरस्वती गौतम (दाङ) र सहसराम यादव (कपिलवस्तु) रहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेशसभाको दोस्रो अधिवेशनको अन्तिम बैठक साउन २९ गते अन्तिम बैठकले प्रदेशको नामाकरण र राजधानी कहाँ बनाउने भनेर सुझाव संकलनका लागि विशेष समिति बनेको थियो । ३ महिनाभित्र सुझाव संकलन गर्ने गरी गठित समितिले संयोजक समेत तोक्न सकेको थिएन ।

समितिको म्याद सकिएपछि समितिको संयोजकमा दीपेन्द्र पुन मगर चयन गरेको थियो । तर फेरि सबै जिल्लाबाट प्रतिनिधित्व हुन नसकेको सांसद र विभिन्न समितिका बैठकमा कुरा उठेपछि फेरि सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य थप गरिएका छन् ।

समितिका संयोजक दीपेन्द्र पुन मगरले समिति गठन गर्दा सबै जिल्लाबाट प्रतिनिधित्व नहुँदा अहिले आएर हेरफेर गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘समितिमा सदस्य थपघट भएको कुरा हजुरबाट सुन्न पाए । अब समितिमा सबै जिल्लाको प्रतिनिधित्व भएको छ । अबको १ हप्तापछि हामी रायसुझाव संकलनका लागि निस्किन्छौं ।’ प्रदेशमा १२ जिल्लाका ८७ सांसदको प्रतिनिधित्व छ । 

समितिले सुझाव संकलनका लागि ६ टीम बनाएको छ । जसमा कम्तीमा २ सदस्य नघट्ने गरी एउटा समिति २ जिल्लामा पुग्ने छन् । त्यहाँ प्रश्नावलीका आधारमा स्थानीय जनता, राजनीतिक दलका नेताकार्यकता, संघसंस्थाका प्रतिनिधि र बुद्धिजीवीसँग राय सुझाव लिनेछन् ।

सांसद भूमिश्वर ढकालले राजधानीका विषयमा विवाद भएका अन्य देशमा गएर पनि ‘रिफ्रसमेन्ट’ लिने कि भन्नेबारे पनि कुरा बाहिर आएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x