×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री 'निद्रा'मा, संसदीय दलको बैठक बसाल्न सकेनन्

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– लामो रस्साकस्सीका बीच कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा पुस २ गते राति नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कंडेलको प्रस्तावमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भए । उनी संसदीय दलको नेता भएको दुई महिना पुग्न लाग्यो । तर यस अवधिमा उनले न त आफ्नो अधिकार प्रयोग गरेर प्रमुख सचेतक र सचेतक नियुक्त गर्न सकेका छन् । न त संसदीय समितिको बैठक नै बसाल्न नै सकेका छन् ।

Muktinath Bank

उनले यो अवधि सार्वजनिक कार्यक्रममा भाषण गर्न र काठमाडौं आउजाउ गर्नमै खर्चेका छन् । नेकपाका प्रदेशसभा सदस्य दानसिंह परियारले मुख्यमन्त्री शाहीले आफूले पाएको अधिकार प्रयोग गर्न नसकेको आरोप लगाए । ‘संसदहरु कहाँ छन्, के गर्दैछन् । संसदहरुको सरकारप्रतिको धारणा कस्तो बन्दैछ । त्यसको बारेमा जान्न मुख्यमन्त्रीले संसदीय दलको बैठक बोलाउनु पथ्र्यो ।’ उनले भने, ‘सरकार गठन भएको एक वर्ष फागुन तीनमा पुग्दैछ । यो अवधिमा सरकारले कति काम गरेको छ, आफ्नो दलको वैठक बोलाएर सांसदहरुलाई जानकारी दिनुपथ्र्यो तर उहाँले किन हो त्यस्तो गर्न चाहनु भएको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाम उल्लेख नगर्ने सर्तमा अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्रीले प्रमुख सचेतक र सचेतक नियुक्तिमा ढिलाई गरेको बताए । ‘मुख्यमन्त्री शाहीले पहिले संसदीय दलको नेता भए के–के न गर्छु जस्तो गरेका थिए ।’ उनले भने, तर संसदीय दलको नेता चयन भइसकेपछि उनी कहाँ छन्, प्रमुख सचेतक र सचेतक किन नियुक्त गर्न सकेनन् थाहा भएन ।’ उनले सरकारलाई गतिशील बनाउन र प्रभावकारी बनाउन संसदीय दलको बैठक अपरिहार्य रहेको बताए ।


Advertisment
Nabil box
Kumari

प्रमुख सचेतकमा पूर्वएमालेका सचेतक गुलावजंग शाह तथा सचेतकमा पूर्वमाओवादी केन्द्रकी सचेतक सीता नेपालीले दाबी गरिरहेको स्रोतको भनाई छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x