×

NMB BANK
NIC ASIA

ओलीको चिन्ता- पार्टीमा समस्या निम्त्याउने कोशिश ओहोऽऽ थामिसक्नु छैन !

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र समस्या सिर्जना गर्ने कोशिश थामिसक्नु नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा समारोहलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कोशिश पनि जारी रहेको बताएका हुन् ।

Muktinath Bank

‘सजगताको रूपमा लिन चाहन्छु, प्रयास जे भएका छन्, म त्यो देखिरहेको छु । अहिले सरकार सञ्चालन गर्ने नेकपा हो । त्यसभित्र समस्या सिर्जना गर्ने कोशिश ओहो! थामिसक्नु छैन,’ ओलीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका दुई अध्यक्षलाई दुईथरी कुरा सुनाउने र फूट ल्याउन प्रयास गर्ने काम भइरहेको संकेत उनले गरे ।


Advertisment
Nabil box
Kumari

‘बाको कानमा गएर भन्ने, बा! आमा बोक्सी छन् । आमाको कानमा गएर भन्ने, आमा! बा जड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने, बा! पत्याउनुहुन्न के गर्ने, तर आमा भरे मुख सुँघ्न आउँछिन् । आमाको कानमा गएर भन्ने तपाईं पत्याउनुहुन्न गएर मुख सुँघ्नुस् न कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन, तर बाउलाई पक्का हुन्छ कि मुख सुँघ्न आई, बोक्सी त रहिछ । यस्ता प्रयासहरू थुप्रो भएका छन्, तर प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन्, यहाँ त्यो कुनै चल्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने खुब कोशिश !

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कोशिश भइरहेको समेत बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने खुब कोशिश भइरहेको छ, खुब कोशिश । मैले सार्वभौम सत्ताको कुरा गर्दा सार्वभौम सत्ता नै किन उल्लेख गर्नुपर्‍यो, कोप्रति लक्षित छ ? भनेर प्रश्न गरे । यताउता सुनाउने विभिन्न यस्ता प्रयास देखिरहनुभएको छ । ती प्रयास कुनै काम लाग्ने छैनन्,’ ओलीले भने । 

ओलीले कुनै पनि मुलुकको कार्ड अर्कोविरुद्ध नखेल्ने बताए । ‘कुनै छिमेकीका विरुद्ध कुनै कार्ड खेल्दैनौं, दुनियामा हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन्,’ ओलीले भने ।  

सरकार नयाँ संकल्पका साथ अगाडि बढिरहेको समयमा यस प्रयासलाई भड्काउने र बिथोल्ने उद्देश्यसहित भ्रम फिजाउँने खालका गतिविधि सह्य नहुने प्रधानमन्त्री ओलीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x