×

NMB BANK
NIC ASIA

सुर्खेत- सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जग हालेको दिनमा घर बन्न नसक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले केही गर्न नसकेको भन्ने भनाई प्रति कटाक्ष गर्दै बास्कोटाले सरकारले अहिले देश बनाउनका लागि जग हालिरहेको बताए ।

Muktinath Bank

सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलनलाई बुधबार उदघाटन गर्दै मन्त्री बास्कोटाले प्रतिपक्षमा धैर्यता नभएको आरोप लगाए । 'सरकार निर्माण भएको एक वर्ष पुग्दैछ । बजेट आएको ६ महिना भएको मात्र भएको छ,' मन्त्री बास्कोटाले प्रश्न गरे, '६ महिनामा सबै काम हुन्छ त ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रतिपक्षी कांग्रेसले अधिनायकवादी, बहुमतको दम्भ भन्ने शब्द बारम्बार प्रयोग गर्दै आइरहेको बताउँदै सरकार कहिल्यै अधिनायकवादी नबनेको बताए । मन्त्री बास्कोटाले हरेक प्रदेशमा पचास लाखको दरले सञ्चार ग्राम बनाउन बजेट पठाइएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यसका साथै ज्येष्ठ पत्रकारलाई औषधी खानको लागि भएपनि पेन्सन दिने योजना सरकारले बनाएको बास्कोटाले जानकारी दिए । 'त्यसका लागि साढे दश करोड बराबरको कोष बनाइनेछ,' मन्त्री बास्कोटाले भने, 'न्युनतम पारिश्रमीक कडाइका साथ लागू गरिनेछ ।'

Vianet communication
Laxmi Bank

'हामी श्रमजिवी पत्रकारका र मिडिया मालिक दुवैका कुरा सुन्छौं,' उनले भने, 'न्युनतम पारिश्रमीक कडाइका साथ लागु गर्छु ।'

उनले सय वाटसम्मको रेडियो स्थानीय तह, एक हजार वाट सम्मको रेडियो प्रदेशले अनुमति दिन पाउने बताए । फेसबुक, ट्वीटर नेपालमा दर्ता हुनपर्ने व्यवस्था गर्ने बताए । 'हामी नचलाउनुहोस भन्दैनौं तर उनीहरु करको दायरामा आउनुपर्छ,' बास्कोटाले भने ।

बास्कोटाले सुर्खेतमा आठ महिनामा फोर जी सेवा आउने र  नेपालमै कागजात छाप्ने गरी सेक्युरिटी प्रिन्टिंग प्रेस ल्याउने बताए । 'हिजो के भयो थाहा छैन, हामी जनताको सपनामाथि तुषारापात गर्दैनौं,' बास्कोटाले भने, 'हामी काम गर्न आएका हौँ ।'

डाक्टर गोविन्द केसीले गरेको अनसनका बारेमा बोल्दै मन्त्री बास्कोटाले शिक्षण अस्पतालको हाड जोर्नी विभागको हालत के छ कसैले क्यामेरा तेर्स्याएका छैनन्  भन्दै पत्रकारको आलोचनासमेत गरे ।

मिडिया सरकारको आलोचक हुनुपर्ने तर अहिले केही मिडियाले प्रतिपक्षीको भूमिका खेलिरहेकोमा बास्कोटाले आक्रोश व्यक्त गरे । 'प्रतिपक्षीको भूमिका खेल्ने काँग्रेस छदैँछ,'मन्त्री बास्कोटाले भने, 'मिडिया सधैं सरकारको आलोचक बन्नु पर्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x