×

NMB BANK
NIC ASIA

विशिष्टको निवासमा बिजुली र पानीमै ७५ लाख

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं।  विशिष्टहरूले निवासमा ग्याँस चुलोदेखि बिछ्यौनासम्ममा अपारदर्शी रूपमा खर्च भएको निष्कर्षसहित महालेखा परीक्षक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मितव्ययिता अपनाउन निर्देशन दिए पनि अझै पालना नभएको पाइएको छ । राज्यको विशिष्ट तहमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष तथा मन्त्री निवासबाट कार्यविधि नबनाई राज्यकोषको ढुकुटी दोहन भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

महालेखा परीक्षक कार्यालय र अख्तियारको निर्देशनबमोजिम वैशाख अन्तिम साता मन्त्रिपरिषद्ले राज्यकोषको जथाभावी खर्च हुन नदिन मितव्ययिता अपनाउने निर्णय गरे पनि उच्चपदस्थकै निवासमा अपारदर्शी खर्च भइरहेको छ । उच्चपदस्थका निवासकै खर्च नियन्त्रित र पारदर्शी बनाउन व्यावहारिक तत्परता सरकारले देखाएको छैन ।
विशष्टि पदाधिकारीको निवासमा खर्च अपारदर्शी भएको निष्कर्ष निकाल्दै खर्च गर्ने कार्यविधि बनाएर पारदर्शी बनाउन भनेको महालेखा परीक्षकको कार्यालयका निर्देशक नारायण पराजुलीले जानकारी दिए । ‘कार्यविधि र कानुन नबनाई खर्च गर्नुलाई अवैध खर्चका रूपमा हेरिन्छ,’ निर्देशक पराजुलीले भने, ‘हामीले खर्च पारदर्शी बनाउन कार्यविधि निर्माण गरेर कानुन बनाउन सरकारलाई भनेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपारदर्शी रूपमा देखिएको खर्च भने बेरुजुमा रहने उनले बताए । सरकारले विशष्टिका लागि यी विषयमा खर्च गर्न पाउने भनेर कानुनमा उल्लेख नगरे सबै खर्च बेरुजुमा रहने उनले भनाइ छ । विशिष्ट पदाधिकारीका निवास व्यवस्थापन गर्ने सहरी विकास तथा भवन निर्माण विभागले कार्यविधि मस्यौदा बनाएर पठाए पनि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुको साटो फिर्ता गरेर अपारदर्शी खर्चलाई प्रोत्साहित गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari

 
खानेपानीमा खर्च (रुपैयाँमा)

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री निवास २९ लाख ५९ हजार 
राष्ट्रपति निवास १ लाख २८ हजार 
उपराष्ट्रपति निवास ४ लाख ५५ हजार 
प्रधानन्यायाधीश निवास १ लाख ४४ हजार 
सभामुख निवास ५ लाख ५२ हजार 
बिजुलीमा खर्च (रुपैयाँमा)
प्रधानमन्त्री निवास २२ लाख ३६ हजार 
उपराष्ट्रपति निवास २ लाख ६७ हजार
सभामुख निवास ५ लाख २४ हजार
प्रधानन्यायाधीश निवास ३ लाख ५ हजार रुपैयाँ

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x