×

NMB BANK
NIC ASIA

ट्रम्पलाई झड्का : अमेरिकी संसद्ले साउदी अरबलाई दिएको सहायता रोक्यो

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकी सांसदहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र साउदी अरबसँग उनको साझेदारीलाई झड्का दिँदै यमनमा खाडी देशको युद्ध प्रयासमा अमेरिकी संलग्नता अन्त्य गर्ने पक्षमा मतदान गरेका छन् । 

Muktinath Bank

अमेरिकी सदनले बुधवार १७७ मतविरुद्ध २४८ मतका साथ ऐतिहासिक विधेयक पारित गरे । अब राष्ट्रपतिले ३० दिनभित्र यमनबाट अमेरिकी सशस्त्र बलहरूलाई हटाउनुपर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यमनमा चार वर्षदेखि चलिरहेको युद्धका कारण हजारौं नागरिक मारिसकिएका छन् । विधेयकको पक्षमा १८ रिपब्लिकन सांसदहरूले पनि विपक्षी डेमोक्रेटहरूलाई साथ दिए । 


Advertisment
Nabil box
Kumari

मतदानपछि सिनेटमाथि यस विषयमा कदम चाल्ने दबाब परेको छ । सिनेटले पनि अघिल्लो वर्ष यस्तै विधेयक पारित गरेको थियो । तर त्यतिखेर रिपब्लिकनको नियन्त्रण भएको सदनमा मतदान नै गराइएन र विधेयक निष्प्रभावी भयो । 

Vianet communication
Laxmi Bank

तल्लो सदनमा अहिले डेमोक्रेटहरूको नियन्त्रण छ । वर्षौंदेखि अमेरिकी हस्तक्षेपको विरोध गरिरहेका डेमोक्रेट सांसद रो खन्नाले ट्विटरमा भने, ‘सदनमा मेरो प्रस्ताव पारित भएपछि यमनको मानवीय संकटमा अमेरिकाको संलग्नता अन्त्य गर्नै लागेका छौं ।’

रिपब्लिकन सांसदहरूले सिरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने योजना लगायत अन्य परराष्ट्रनीतिमा पनि ट्रम्पप्रति असन्तोष जनाए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x