×

NMB BANK
NIC ASIA

पोखरा व्यवस्थित बन्ने, आकाशेपुल र ट्राफिक लाइट राख्ने काम अघि बढ्यो

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा - पोखरा बजार क्षेत्रका दुईवटा मुख्य चोकमा पोखरा महानगरपालिकाले आकाशेपुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । महानगरले  पोखरामा अत्याधिक व्यस्त हुने पृथ्वीचोक र सिर्जनाचोकमा १५ महिनामा काम सक्ने गरी आकाशे पुल निर्माणको प्रक्रिया थालेको हो ।

Muktinath Bank

महानगरले पैदलयात्रीका लागि सहज आवागमन र बजारको बढ्दो ट्रफिक जामलाई ब्यवस्थापन गर्नका लागि आकाशे पुल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरले पुलको टेण्डर प्रक्रियामा थाल्नुअघि पुलको लागत इस्टिमेट, डिजाइन र निर्माण अवधिका बारेमा जानकारी गराएको छ ।


Advertisment
Nabil box
Kumari

‘पृथ्वीचोक र सृजनाचोकमा बन्ने पुलको टेण्डर प्रक्रियामा जानको लागि सबै काम सकिसकेका छौं,’ महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले भने, ‘अबको केहिदिनमा टेण्डर आह्वान गरेर निर्माणको काम सुरु गर्छौं ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार पुलका लागि आवश्यक सामग्रीहरु कम्पनीमा निर्माण गरेर एकैपटक फिटिङ गरिने छ । ‘चोकमा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नयाँ प्रविधिको प्रयोग गरी पुल निर्माण गर्दै छौं’  उनले भने, ‘यस प्रविधिको प्रयोग गर्दा चोकमा ट्राफिक ब्यवस्थापनलाई कुनै समस्या हुदैन ।’

सृजनाचोकमा बन्ने आकाशे पुलको लागत झन्डै साढे दुई करोड रुपैयाँ अनुमान गरिएको इन्जिनियर खड्काले बताए । '१५ महिनामा पुल निर्माण भइसक्ने छ, 'खड्काले भने, 'चालु आर्थिक वर्षको बजेटले मात्रै नथेग्ने भएकाले हुँदा आगामी आर्थिक वर्षको अन्तसम्ममा काम सक्ने गरी प्रक्रिया थालिएको छ ।'

पृथ्वीचोकमा भने ३ करोड रुपैयाँ अनुमानित लागतमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार पारी अध्ययनको प्रक्रिया अघि बढिरहेको इन्जिनियर खड्काले बताए ।

पोखरा क्षेत्रमा बढ्दो शहरीकरण सँगै यात्रु र सवारीको चाप बढ्दा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्नको लागि महानगरले आकाशे पुल निर्माण प्रक्रिया थालेको मेयर मानबहादुर जिसीले बताए ।

पुल निर्माण भएपछि पोखराको ट्राफिक व्यवस्थापनमा सहज हुने मेयर जिसीले दाबी गरे ।

सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सांसद एवं पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन गरिसकेका छन् । बाँकी रकम महानगरले खर्च गर्ने गरी योजना अगाडी बढेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा ओभरहेड पुल, सब-वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन भएको छ।

चोकमा ट्राफिक लाइट राख्न सर्भे

पोखरालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता अनुसार सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे गरिएको छ ।

पोखराका अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट राख्ने गरी सडक डिभिजन कार्यालयले सर्भे गरिसकेको महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए ।

पोखरा महानगरपालिकाले सडक डिभिजन कार्यालयको तर्फबाट सर्भे गरिरहेको टोलीसँग समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको हो । मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अरु चोकमा पोखरा महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने योजना छ ।

महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने गरी सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x