×

NMB BANK
NIC ASIA

कर्णालीको उपलब्धि : ऐन निर्माण र कार्यान्वयनदेखि हिल्सा सुर्खेत सडक निर्माणको पहलसम्म

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश सरकारले १८ ओटा ऐन, २७ ओटा नीति, नियमावली, कार्यविधी, मापदण्ड, आचारसंहिता तथा निर्देशिकाहरु स्वीकृत गरि कार्यान्वयनमा गएको जानकारी दिएको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सरकार गठन भएको वर्षगाँठको अवसर पारेर सो जानकारी दिएका हुन ।

Muktinath Bank

उनले सरकारले प्रदेश मातहत १०८ ओटा संगठन संरचना विस्तार भएको, प्रदेश समन्वय परिषदको बैठक सम्पन्न भएको कुरा उपलब्धिका रुपमा उल्लेख गरेका हुन् । मुख्यमन्त्री शाहीले निजी लगानीकर्ता एवं विकास साझेदारको लगानी भित्र्याई आर्थिक विकास र राजश्व छुट लगायतका थप सुविधा उपलब्ध गराई नेपाल सरकारसँग आवश्यक वातावरण बनाइदिन अनुरोध गरिएको कुरा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजश्व बाँडफाँड अनुदान ४० करोड र आन्तरिक राजश्वबाट तीन करोड रुपैंया कर्णालीका सबै स्थानीय तहमा पठाउन सुरु गरिएको, समपुरक अनुदानमार्फत ६० करोड रुपैंया पनि स्थानीय तहमा पठाउने तयारी भइरहेको उनको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

कर्णालीको प्रथम आवधिक योजना तर्जुमा कार्य अघि बढेको, हिल्सा सुर्खेत सडकका लागि चीनसँग छलफल भएको र सोही छलफलका कारण समझदारी भई पूर्व सम्भाव्यता अध्ययन अगाडी बढाइएको मुख्यमन्त्री शाहीले बताए ।

Vianet communication
Laxmi Bank

कर्णली विज्ञ समुह गठन गरिएको कुरालाई पनि मुख्यमन्त्री शाहीले उपलब्धिका रुपमा उल्लेख गरेका छन् । कर्णाली प्रदेश आयोग गठन भएको कुरा पनि मूख्यमन्त्री शाहीले महत्वपूर्ण कार्यको रुपमा लिएका छन् । मुख्यमन्त्री शाहीका अनुसार २०७४ सालमा ५ ओटा र २०७५ बैशाख देखि हालसम्म ३५ ओटा मन्त्रीपरिषदका बैठक सम्पन्न भएका छन् ।

८ ओटा विधेयकहरु प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको छ भने २४ ओटा विभिन्न विषयमा विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । तीन ओटा विधेयक संसदका विभिन्न समितिमा छलफलका क्रममा रहेका मुख्यमन्त्री शाहीले बताए ।

विषयगत मन्त्रालयहरुले बजेट कार्यान्वयनका लागि ४४ ओटा कार्यविधिहरु बनाएको कुरा मुख्यमन्त्रीले उल्लेख गरे । मुख्यमन्त्री शाहीका अनुसार सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालू र पूँजीगततर्फ २ अर्ब ६४ करोड ६३ लाख ५६ हजार मध्ये १९.२० प्रतिशत बजेट खर्च भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x