×

NMB BANK
NIC ASIA

आयुर्वेदिक औषधिको प्रयोग बढ्दाे

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेझाड- घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाड्नुभएको छ । दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उहाँले बताउनुभयो ।

Muktinath Bank

छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास गर्न थालेको पङ्गेनीले बताउनुभयो । “ आधुनिक अस्पताल, मेडिकलको औषधि कति गरेँ  तर निको नै भएन, पैसा पनि धेरै खर्च भयो, कहाँ लैजाने होला भन्ने भयो, एक पटक आयुर्वेदिक औषधि गरौँ भनेर शुरु गरेको ठिक भयो”, पङ्गेनीले भन्नुभयो । 

शान्ति भण्डारीले अन्य औषधिको सट्टा अहिले नियमित आयुर्वेदिक औषधि नै सेवन गर्नुहुन्छ । “घरायसी आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि स्वास्थ्य पनि ठिक हुँदै गएको छ, मेडिकल धाउन छाडे”, उहाँले भन्नुभयो । सोही ठाउँ बस्ने ६८ वर्षीय वृद्ध रीतुनाथ गौतमले घरायसी जडीबुटीको प्रयोगबाट आयुर्वेदिक औषधि बनाउन थालेपछि औषधि खरीद गर्न सहज भएको छ । उहाँको घरमा यतिबेला आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ । 

एक सय ८० प्रकारका जडीबुटी सङ्कलन गरी गौतमले आयुर्वेदिक औषधि बनाउनुहुन्छ । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका घरायसी जडीबुटीबाट उहाँले आयुर्वेदिक औषधि बनाउनुहुन्छ । 

गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन् । आयुर्वेदिक औषधि बिक्रीबाट वर्षमा रु एक लाख ५० हजारभन्दा बढी कमाइ हुने उहाँले बताउनुभयो । तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ । 

गानोगोला, ग्यास्ष्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन् । गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउनुहुन्छ । “औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु” उहाँले भन्नुभयो । घरको आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन । 

“अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ, आयुर्वेदिक औषधिले शरीरलाई ठिक गर्ने हुँदा पनि सबैले चासो दिँदै खरीद गरेर लैजाने गरेका छन्, औषधि बनाउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो । भारत, दुवई, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरीद गरेर नेपालीले औषधि लालैजाने गरेका गौतमले सुनाउनुभयो । निरोगी व्यक्तिले पनि आयुर्वेद औषधि नियमित सेवन गर्ने गरेको पाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x