×

NMB BANK
NIC ASIA

सार्क संसदीय बैठक काठमाडौंमा हुने

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-सन् २०१७ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशमा क्षयरोगबाट मात्र करीब छ लाख मानिसको मृत्यु भयोे ।

Sagarmatha Cement
Muktinath Bank

करीब ३८ लाख मानिस सो रोगबाट पीडित भएकामा २५ लाखले मात्र उपचार सेवा लिएका थिए भने १३ लाख बिरामी उपचारबाट बञ्चित भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. रोजेन्द्र पन्तकाअनुसार विश्वमा गत वर्ष सोही रोगबाट पीडित एक करोड चार लाख बिरामीमध्ये १८ लाखको मृत्यु भएको थियो भने ४३ लाख बिरामी उपचारबाट बञ्चित भएका थिए । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य सेवाको पहुँच नभएको, पहुँच भएर पनि सेवाको उपयोग नगरेको, उपचार गर्दा गर्दै पनि रोग निदान नभएर हुने मृत्युमा उल्लेख्य परिवर्तन आउन नसकेको हो । 

Vianet communication
Laxmi Bank

क्षयरोग उपचारको सबैभन्दा राम्रो मानिएको ‘प्रत्यक्ष निगरानी उपचार विधि’ (डट्स)को पहुँच स्थानीय समुदायसम्म पुगेको र ती रोगसम्बन्धी सहश्राब्दी विकास लक्ष्यका सूचाङ्क सार्क क्षेत्रका अधिकांश देशले हासिल गरेको बताइन्छ । 

सन् २०१७ मा नै सार्क क्षेत्रमा करीब ७० हजार मानिसको मृत्यु एचआईभी/एड्सका कारण मृत्यु भएको थियो । उक्त रोगबाट २३ लाख मानिस एचआईभीबाट प्रभावित भएका केन्द्रले जनाएको छ । 

केन्द्रले सन् २०१५ को तुलनामा सन् २०३५ सम्ममा क्षयरोगबाट हुने मृत्युमा ९५ प्रतिशतले कमि ल्याउने, नयाँ क्षयरोग लाग्ने दरमा ९० प्रतिशतले कमि ल्याउने तथा क्षयरोगका कारण उत्पन्न हुने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ तर क्षयरोग तथा एचआईभीका क्षेत्रमा दातृ निकायको सहयोग क्रमशः घट्दै जाँदा सो लक्ष्य हासिल गर्न अहिले प्रमुख चुनौती खडा भएको छ । 

यसैबीच सार्क क्षेत्रबाट क्षयरोग तथा एचआईभी नियन्त्रण गर्न सहयोग गर्ने ध्येयले सार्क संसदीय बैठक आगामी वैशाख १९ र २० गते काठमाडौंमा आयोजना हुने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समिति तथा सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको संयुक्त आयोजनामा पहिलोपटक नेपालमा सो बैठक आयोजना हुन लागेको बताइएको छ । बैठकमा ती रोगको अवस्था, रोग नियन्त्रणका लागि लगानी अभिवृद्धि, आवश्यक अन्तरदेशीय ऐन नियम तथा क्षयरोग तथा एचआईभीको सेवाहरूको अटुट प्रवाहमा अन्तरसम्बन्धका विविध क्षेत्रमा छलफल हुने जनाइएको छ । 

क्षयरोग तथा एचआईभीको क्षेत्रमा दातृ निकायको सहयोग घट्दै गएको अवस्थामा सरकारी लगानी बढाउनका लागि पैरवीसमेत गरिने भएको छ । बैठकमा सार्क क्षेत्रका स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी पनि सहभागी हुनेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x