×

NMB BANK
NIC ASIA

विवादास्पद अभिव्यक्तिपछि 'द कपिल शर्मा शो'बाट हटाइए नवजोत सिद्धू

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारत-द कपिल शर्मा शो'बाट नवजोत सिंह सिद्धूलाई निकालिएको छ । यद्यपी पलुवामा हमलापछि एक विवादास्पद अभिव्यक्ति दिएपछि उनी अफ्ट्यारोमा परेका थिए ।

Muktinath Bank

सिद्धूले भनेका थिए, 'आतंककारीको कुनै देश हुँदैन ।' सिद्धूको यस अभिव्यक्तिको अहिले भारतभर कडा आलोचना भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशका केही भागमा सिद्धूको विरुद्धमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले उनको मन्त्री पदको राजीनामासमेत मागेका छन् । अभिव्यक्तिकै कारण विरोधले उग्ररुप लिएपछि शनिवार च्यानलले 'द कपिल शर्मा शो'बाट हटाएको जानकारी दिएको हो ।  


Advertisment
Nabil box
Kumari

पुलवामा आतंकवादी हमलापछि पाकिस्तानको पक्ष लिएको आरोप सिद्धूमाथि लागेको छ । खबरका अनुसार उनलाई सोनी टेलिभिनले बिदा गरेको हो । बताइएअनुसार नवजोत सिद्धूको स्थानमा अब अर्चना पूरण सिंह आउनेछिन् । अर्चनाको उपस्थितिमा शोका लागि दुई एपिसोडको शूटिङ भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुलवामा सीआरपीएफ जवानमाथि पाकिस्तानले हमला गरेको थियो । जसमा ४० भारतीय सैनिकले ज्यान गुमाएका छन् । यसै हमलापछि सिद्धूले विवादित अभिव्यक्ति दिएका थिए । 

Vianet communication
Laxmi Bank

अभिव्यक्तिमा सिद्धूले भनेका थिए, 'मुट्ठीभरका मानिसका लागि पूरा देशलाई जिम्मेवार कसरी ठहर्‍याउन सकिन्छ । तपाईं यस हमलाको दोष पूरै देशलाई दिन सक्नुहुन्न । पूरा देश वा कुनै एक जनालाई यसको दोष दिनु ठीक होइन ।' मानिसहरुले यसलाई पाकिस्तान तर्फबाट आएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना गरिरहेका छन् । 

सिद्धूको यस अभिव्यक्ति भाइरल भएपछि मानिसहरुले उनलाई 'द कपिल शर्मा शो'बाट निकाल्न माग गरेका थिए । सामाजिक सञ्जालमा उनले पाकिस्तानी आर्मी चीफसँग गला मिलाएको फोटो भाइरल भएको छ । 

टिभीको सबैभन्दा धेरै टीआरपी भएको यस शोबाट सिद्धूलाई निकालेपछि धेरैखाले टिप्पणीहरु आइरहेको छ । तर सोनीले भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x