×

NMB BANK
NIC ASIA

नेविसंघका छात्राले घेरे देउवालाई

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल विद्यार्थी (नेवि) संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरूले दबाब दिन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

छात्राले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दबाब दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघका निवर्तमान महिला नेतृहरूको नेतृत्वमा छात्राहरूको एक समूहले पार्टी सभापति देउवालाई शनिवार भेटेका छन् । देउवा निवास पुगेका महिला नेतृहरूले महिलालाई भावी नेतृत्व दिनुपर्ने आधार र कारण पेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मिरा कटवाल, पूजा उपाध्याय, गिता गुरुङको नेतृत्वमा गएको महिला नेतृहरुको समूहले सभापति देउवासँग भेटेर भावी अध्यक्ष महिलाले पाउनुपर्ने माग राखेका थिए । 

Vianet communication
Laxmi Bank

महिला नेतृहरूले सभापति देउवाकै पहलमा विधान र उमेर हद लागू भएकोसहित नयाँ योजना कार्यक्रम ल्याएकोले नेतृत्व पनि महिलालाई दिएर नयाँ इतिहास बनाउन माग गरेको गुरुङले जानकारी दिइन् । 

नेविसंघको अब गठन हुने तदर्थ समिति निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनको अध्यक्षतामा गठन गर्नुपर्ने माग समेत गरेका थिए । चलाउनलाई नेविसंघको भावी अध्यक्ष बनाउनुपर्ने माग बढ्दै गएका छन् ।

नेविसंघका महिला नेतृहरू एकमतका साथ चलाउनेलाई अध्यक्ष बनाउनुपर्ने भन्दै पार्टी नेतालाई दबाब दिन थालेका छन् । काठमाडौं र बाहिर जिल्लाबाट ५० भन्दा बढी नेविसंघका नेतृहरू देउवा निवास पुगेका थिए ।

नेविसंघको इतिहासमा पहिलो पटक उमेर हद लागू हुने भएपछि नयाँ पुस्ता खुशी भएको छ । उनीहरूले उमेर हद हटाउने चलखेल भएको भन्दै पार्टी सभापतिलाई सचेत समेत गराएका थिए । 

भेटमा सभापति देउवाले नेतृत्व महिलालाई दिन आफू सकारात्मक रहेको बताउँदै फागुन ९ गते बस्ने बैठकबाट निर्णय गर्ने जवाफ दिएको भेटपछि निवर्तमान केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x