×

NMB BANK
NIC ASIA

सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने, बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले व्याजदरमा हस्तक्षेप गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उद्योगी व्यवसायीका साथै अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर उहाँले यस्तो निर्देशन दिनु भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

छलफलमा प्रधानमन्त्री ओलीले आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई उद्योगले नाफा कमाउन छोड्दा बैंक पनि चल्न नसक्ने भन्दै सम्बोधन गर्न निर्देशन दिएको व्यवसायीले बताएका छन् । यस विषयलाई सम्बोधन गर्न आगामी सोमबार अर्थमन्त्रालयले सरोकारवालाई बोलाएर छलफल गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने
सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कर्मचारी समायोजन सकिएपछि १५ देखि २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारले जनाएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई तयारी अवस्थामा बस्न भनेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार गरेको कार्यक्रममा उनले समायोजन प्रक्रिया सकिए लगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए । मन्त्री पण्डितले अब यही महिनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने जानकारी गराए ।

Vianet communication
Laxmi Bank

बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँमा
देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ ।

यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरु बताउँछन् । यो अवस्थाले बिरामीमाा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरु बताउँछन् । अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए ।, नयाँ पत्रिकामा खबर छ ।

कीर्तिपुरमा चार रिक्टरको परकम्प
कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । 

जनता आवास कार्यक्रम अघि बढाउन बाटो खुल्यो
कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शनिबारको बैठकले उक्त कार्यक्रम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको कार्यविधि स्वीकृत गरेको हो । 

सङ्घले प्रदेशलाई हस्तान्तरण गरे पनि कार्यविधि अभावले कार्यक्रम सञ्चालन हुन सकेको थिएन । यसअघि सङ्घीय सरकारले दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति÷समुदायलाई निःशुल्क आवास निर्माण गर्न जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । सरकारले आव ०६६÷६७ देखि जनता आवास कार्यक्रम ल्याएको हो । 

श्रीमान्विरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 
डोटीको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका  डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । 

आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको जानकारी दिए ।

चट्याङ लागेर छ घाइते 
वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते सबैलाई उपचारका लागि डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी लगिएको थियो । 

राप्रपाले देशभर ज्ञापनपत्र बुझाउने
राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २१ बुँदे माग राखेर आगामी फागुन ७ गते देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउने जनाएको छ । सनातन हिन्दु राष्ट्र कायम, संघीयताबारे आम जनताको धारणा बुझ्न जनमत संग्रह माग, नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना, भ्रष्टाचार नियन्त्रण लगायतका २१ वटा माग समेटिएको ज्ञापनपत्र बुझाउने तयारी राप्रपाले गरेको छ ।

केन्द्रमा प्रधानमन्त्रीलाई, प्रदेशमा मुख्यमन्त्रीलाई र जिल्लामा सीडीओलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७ गतेदेखि नै शुरु हुने जनसंघर्षका कार्यक्रमहरु बारेसमेत छलफल गरेको थियो । 

क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि 
विसं २०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपमा फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब फेरि डफिन्स क्यामरुनसँग पराजित भएको छ । इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन ।

मनकामना गोल्डकपको विजेता क्यामरुनले यो सिजनमा नेपालबाट फेरि अर्को बुढासुब्बा गोल्डकपको उपाधि थपेको छ । शनिबार सम्पन्न फाइलनमा धरानलाई टाइब्रेकरमा ३–२ को अन्तरले रोक्दै उपाधि हात पारेको हो । उपाधिसँगै उसले नगद रु आठ लाख हात पारेको छ । उपविजेता धरान फुटबल क्लबले नगद रु चार लाख हात पारेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x