×

NMB BANK
NIC ASIA

कहिले हुन्छ प्रदेश र स्थानीय तहको उपनिर्वाचन ? (रिक्त पदसंख्या सूचीसहित)

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ–प्रदेश सभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् ।
 प्रदेश ३ का भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत वाग्लुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उनीहरू दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थिए ।
त्यसैगरी, स्थानीय तहमा निर्वाचनमा कतिपय पदमा उम्मेदवारी नै नपरेका, निर्वाचित भएर पनि निधन भएका र अन्य विविध कारणले रिक्त भएका विभिन्न स्थानमा गरी स्थानीय तहमा कुल ९४५ पद रिक्त छन् । वडा सदस्यमा निर्वाचित सदस्यमध्ये कतिपय जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ती पद स्वतः रिक्त भएका थिए । 
त्यसमा सुनसरीको धरान उपमहानगरका मेयर तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ र सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको निधन भएपछि त्यहाँ कार्यकारी प्रमुख पद रिक्त छ । यसैगरी, ७७ जिल्ला गरी ३६ वडा अध्यक्षको पद रिक्त छन् । कार्यकारी प्रमुख नहुँदा त्यहाँका बासिन्दाले सरकारी सेवा सहज तरिकाले पाउन सकेका छैनन् । 

Muktinath Bank

नेपाल सरकारले रिक्त रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गएको हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउन प्रधानमन्त्री सकारात्मक रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन गराउनका लागि स्थानीय तह र निर्वाचनसँग सम्बन्धित ऐनहरू संशोधनको प्रक्रियामा रहेका छन् । कतिपय ऐन प्रतिनिधिसभाबाट पारित भएका छन् भने राष्ट्रिय सभासभाबाट पारित हुन बाँकी छन् । निर्वाचन आयोग ऐनका केही दफा पनि संशोधनको प्रक्रियामा छन् । निर्वाचन गराउनका लागि नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षको उपनिर्वाचन हुने व्यवस्था छ तर वडा अध्यक्षको उपनिर्वाचन हुने व्यवस्था ऐनमा नरहेकाले संशोधनको प्रक्रियामा रहेको जानकारी पनि प्रमुख निर्वाचन आयुक्त यादवले दिए । गोरखापत्र दैनिकमा पहिलो पृष्ठमा खबर छापिएको छ। 


Advertisment
Nabil box
Kumari

रिक्त पद सङ्ख्या
प्रदेशसभा सदस्य २
नगरप्रमुख १
गाउँपालिका अध्यक्ष २
वडाध्यक्ष ३६
वडा सदस्य खुला ४१५
महिला सदस्य २११
दलित महिला सदस्य २३८
कार्यपालिका सदस्य ३९
जिल्ला समन्वय समिति सदस्य ३
जम्मा ९४७

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x