प्रहरीमा सरुवा–बढुवाको लर्को

फागुन ५, २०७५

काठमाडौं– यस वर्ष नेपाल प्रहरीमा व्यापक सरुवाबढुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस वर्ष सबै दर्जाका ३२ हजार प्रहरी कर्मचारीको सरुवा भएको छ भने ६ हजारको बढुवा भएको छ ।

गत वर्षभन्दा यस वर्ष ५ हजार २ सय सरुवा बढी भएको छ । खासगरि प्रहरी जवान र हवल्दारको प्रायः सरुवा नहुने भए पनि काजमा खटिने गर्थे । यसपटक उनीहरूको सरुवा भएको छ ।  
 


ADVERTISEMENT

फागुन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार