×

NMB BANK
NIC ASIA

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको ‘फोरलेन’ सडक निर्माण सम्पन्न नहुँदा जनता र ठेकेदार दुवैलाई सास्ती भएको छ । सडक निर्माणमा पहिलो चरणको काम सहजै सम्पन्न भएपनि दोस्रो र तेस्रो चरणको काममा सरकार नै बाधक देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दोस्रो चरणअन्तर्गत बस पार्कदेखि गण्डकी लाइनसम्मको सात सय मिटर सडक स्थानीय सरकार र सडक डिभिजन कार्यालय सुर्खेतले गाँठो नफुकाउँदा नागरिकले सास्ती झेल्नु परेको हो । स्थानीय सरकार र डिभिजन कार्यालयले समस्या सल्टाउन नसक्दा नागरिक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ढलको निकास नहुँदा फोरलेन सडकको सात सय मिटर सडक कालोपत्रे गर्न सकेनौं’ श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदमबहादुर खड्काले भने, ‘जनता ठेकदारले काम गरेन भन्छन्, हामी काम सक्न तयार छौं । तर, स्थानीय सरकार र डिभिजन सडक कार्यालयले निकास दिएनन् ।’ 


Advertisment
Nabil box
Kumari

कालोपत्रे गर्न बाँकी रहेको यो सडकको माथिल्लो क्षेत्रमा ढलको निकास नहुँदा नै काम रोकिएको छ । स्थानीयहरू बजार क्षेत्रको ढल तल्लो भागमा बगाउन नहुने अडानमा छन् । वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चोक र गण्डकी लाइनमा ढल निकास दिन पाइप राख्न सहजिकरण गरेको थियो । तर, त्यसयता सडकको दुवै किनारामा नाली निर्माणमा स्थानीयले अवरोध गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

नगरपालिकाबाट त्यसको निकास नदिँदा बाँकी सडक कालोपत्रे गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ । मंगलगढी चोक नजिकै सडकमै ढल बग्ने गरेको छ । मंगलगढी चोकदेखि माथिल्लो क्षेत्रमा नाली निर्माण भएपनि त्यसयताको काम अघि बढ्न सकेको छैन ।

दोस्रो चरणमा तीन हजार दुई सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा श्याम एण्ड शंकर कन्ट्रक्सनले लिएको थियो । १४ करोड ४० लाख रुपैयाँको उक्त ठेक्का गत असारमै सम्पन्न हुनुपथ्र्यो । स्थानीयबाट अवरोध भएपछि बसपार्क नजिकैको कल्भर्टमा एकतर्फी मात्रै ढलान गरिएको छ । ‘हामी काम गर्न आतुर छौं । सरोकारवाला निकायबाट निकास नहुँदा बाँकी सडक कालोपत्रे गर्न सकेका छैनौं’ खड्काले भने, ‘फागुन १५ सम्म अल्झनका कामहरू किनारा लागे फागुन महिनामा हामी कालोपत्रे गर्ने तयारीमा छौं ।’ 

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले स्थानीयहरूबाट ढल निकासमा अवरोध हुँदा निर्माणमा ढिलाई भएको जानकारी दिए । माथिल्लो क्षेत्रको ढल तल नै जाने भएकाले तीन क्षेत्रबाट ढल निकास दिन नसक्दा काम सुस्त भएको छ । उनले भने, ‘अहिले कालोपत्रे गर्न तापक्रम पनि छैन, ढलको निकासका लागि स्थानीय सरकारले पहल गर्दिए फागुनदेखि कालोपत्रेको काम शुरु गर्ने तयारीमा कार्यालय लागेको छ ।’ 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारबाट हुनसक्ने प्रयासहरू गरिरहेको बताए । ‘ढलको निकास दिने काम सडक कार्यालयकै जिम्मा हो तर स्थानीय स्तरमा देखिएका अल्झनहरू सुल्झाउन हामी प्रयासरत छौं ।’ सुवेदीले भने, यसकालागि हामीले विभिन्न निकायसँग सहकार्य तथा समन्वय गरिरहेका छौं ।

यता, मुलपानी चोकदेखि बांगेशीमलसम्मको एक हजार सात सय मिटर सडक खण्डको काम ७० प्रतिशत सकिएको खड्काले बताए । सडक ग्राभेल र नाली निर्माणको काम अन्तिम चरणमा रहेकाले फागुन मसान्तदेखि कालोपत्रेको काम शुरु गरिने खड्काको भनाई छ । आगामी असार मसान्तसम्म सम्पन्न हुने फोरलेन सडकको लागत १४ करोड ३० लाख रुपैयाँ रहेको छ । समयमै विद्युत् पोल र तार नहटाउँदा काममा समस्या भएको निर्माण कम्पनीको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x