×

NMB BANK
NIC ASIA

प्राध्यापकले छ महिनादेखि तलब पाएनन्, दैनिकी चलाउनै समस्या भएकाे गुनासाे

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पा- रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । 

छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् । तलब नपाउँदा दैनिकी समस्याग्रस्त हुँदै जान थालेको छ सहप्राध्यापक दीपेन्द्र शाहीले बताउनुभयो । “घरभाडा, रासनपानी तथा अन्य दैनिकी उधारोमा चलाएका छु”, शाहीले भन्नुभयो, “बिरामी पर्दा र चाडपर्वको बेला पैसाको बढी जरुरी पर्छ ।” 

“खानपिन, छोराछोरी पढाउन र अन्य दैनिक जीवनयापनका लागि समस्या हुँदै आएको छ”, अर्का सहप्राध्यापक श्याम बुढाले भन्नुभयो । समायोजन प्रक्रिया लम्बिँदा आफूहरुको दैनिकी चलाउन समस्या परेको उहाँले बताउनुभयो । अन्य साइड पेशा नभएकालाई थप समस्या हुने गरेको छ, बुढाले भन्नुभयो । 

क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकमा समायोजन भएकाले शिक्षक कर्मचारीलाई तलब भुक्तानीमा कठिनाइ भएको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । “समायोजन प्रक्रिया चलिरहेकाले तलब निकासा भएको छैन”, आचार्यले भन्नुभयो, “समायोजन प्रक्रिया टुङ्गिने बित्तिकै शिक्षक कर्मचारीको तलब भुक्तानी हुन्छ ।” 

तीन सय बढी विद्यार्थी रहेको सो क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदा विद्यार्थी शुल्कको भरमा चलेको थियो । क्याम्पस अनुदान आयोगले दिने वार्षिक रु पाँच÷छ लाख मात्रै उपलब्ध गराउने गरेको क्याम्पसले जनाएको छ । विद्यार्थीबाट वार्षिक रु ५० लाख शुल्क उठ्दै आएको छ । 

क्याम्पसमा १५ सहप्राध्यापक, एक शिक्षण सहायक, एक लेखापाल, एक लाइवेरियन र दुई कार्यालय सहायक कार्यरत छन । विसं २०६१ मा स्थापना भएको सो क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातकतहसम्मको पठनपाठन हुँदै आएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x