×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको वर्ष समीक्षा

सरकारको दाबी विशिष्ट श्रेणी, प्रतिपक्षको नजरमा ‘जस्ट पास’ !

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको यही फागुन ३ गते एक वर्ष पूरा भएको छ । २०७४ फागुन ३ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा चयन भएका थिए भने प्रदेश सरकारको पहिलो बैठक फागुन ६ गते बसेको थियो ।

Muktinath Bank

यो अवधिमा सरकारले समृद्ध कर्णाली, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने, पूर्वाधारको विकास गर्ने, देशकै नमूना प्रदेश बनाउने जस्ता महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारले आफूले १० मा ८ नम्बर पाउनुपर्ने दाबी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारलाई बढीमा ४ नम्बर मात्रै दिनुपर्ने बताउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको चरणमा रहेपनि दुई चौमासिक बित्दा समेत विकास बजेट खर्च नगण्य छ । चालू खर्च शत प्रतिशत भइरहेका बेला बजेट खर्च नहुनु दुर्भाग्यपूर्ण भएको अर्थविद्हरू बताउँछन् । हालसम्म प्रदेश सरकारले जम्मा दुई प्रतिशत मत्र विकास बजेट खर्च गर्न सकेको सरकारी स्रोत बताउँछ ।


Advertisment
Nabil box
Kumari

सत्ता पक्षीय सांसद दानसिंह परियार जनअपेक्षा अनुसार काम नभएको स्वीकार्छन् । ‘हामीले चुनावताका जनतासामु गरेका प्रतिबद्धताहरू अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनौं, सरकार यसमा चुकेको मेरो विश्लेषण छ,' सांसद् परियारले भने, ‘नीतिगत रूपमा पनि उल्लेख्य काम भएको छैन । कानून निर्माणमा तीव्रता दिनुपर्नेमा सरकार त्यसमा पनि चुकेको मेरो निष्कर्ष छ ।’

Vianet communication
Laxmi Bank

उनले सरकारले खासै नयाँ काम केही पनि नगरेको आफूले पाएको बताए । 

अबको नीति तथा कार्यक्रममा प्राकृतिक स्रोत साधनलाई पहिचान गर्ने र उपलब्धि हुने स्थानमा लगानी गर्ने नीति तथा कार्यक्रम बनाउनु पर्ने उनको सुझाव छ । साथै उनले युवालाई स्वरोजगार बनाउन उत्पादन र श्रमसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव समेत दिए ।

प्रतिपक्षी दलका नेताको मूल्यांकन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको काम कारवाहीप्रति तीव्र असन्तोष व्यक्त गरे ।

सरकारले ठूल–ठूला सपना देखाउने तर कार्यान्वयनको तहमा शून्यता देखिएको बताउँदै उनले यही गति हो भने कर्णालीमा माखो मार्न पनि नसकिने बताए । ‘सरकारले जुन स्पीड अनुरूप काम गर्नुपर्ने हुन्थ्यो, त्यो गर्न सकेन,’ नेता शाहीले भने, ‘ठूल–ठूला गफ लगाउने बाहेक सरकारको उपलब्धि शून्य छ ।’

 

मुख्यमन्त्रीको कामप्रति लक्षित गर्दै उनले १० नम्बरमा ४ नम्बर मात्र दिन सकिने बताए । ‘अहिल्यै विश्वकै उत्कृष्ट प्रदेश बनाउँछु भनेर गफ नगरौं,’ उनले भने, ‘देशकै उत्कृष्ट प्रदेश बनाउँछौं भन्ने परिकल्पना गरौं, किनकी प्रदेशको भू–धरातल कठिन अवस्थामा छ, हिमाली भेग पनि यहाँ छ ।’ 

‘सरकारले विकास बजेट खर्च गर्न सकेको छैन,’ उनले थपे, ‘यसका आधारमा त हामी १० मा २ नम्बर मात्रै दिन सक्छौं ।’

उनले विधेयक निर्माणमा पनि कमजोरी औंल्याए । ‘कर्णाली प्रदेश सरकारले अहिलेसम्म २० वटा विधेयक मात्र संसद्मा टेबुल गरेको छ,’ उनले भने, ‘एक वर्ष पुग्न लाग्दा त्यतिमा मात्र सीमित हुनु भनेको लाजमर्दो हो । एकातिर कानून निर्माणको वर्ष भन्ने, अर्को तिर कानून नबनाउने द्वैध चरित्र देखियो ।’

यद्यपि संरचना नभएका कारण पनि काममा केही कठिनाइ भएको ठम्याइ उनको छ । ‘सरकारलाई आलोचनाको आँखाभन्दा केही परबाट हेर्दा सरकारले राजधानी तथा प्रदेशको नामाकरण गर्न सफल भएको, बजेट ल्याई अहिले कार्यान्वयनको चरणमा लगेको, अग्नि पीडितहरूलाई राहत वितरणदेखि एक सयजना छोरी-बुहारीलाई प्राविधिक शिक्षाको क्षेत्रमा छात्रवृत्ति दिन थालेकोजस्ता केही राम्रा कामहरू भएका छन् ।’

सरकारका कमजोरी धेरै छन् । समयमै कानून निर्माण गर्ने, बजेट कार्यान्वयनमा पूरै ध्यान खर्चिनुपर्ने, आफ्ना संरचनाहरूलाई तत्काल परिचालन गर्दै सरकार भएको अनुभूति गराउनुपर्ने अवस्था हो । विकास निर्माणका कार्यमा सरकारले अब स्थानीयलाई प्राथमिकता दिइनुपर्ने, गत वर्षझैँ पीठो जस्तो बजेट नबनाई ठूला आयोजनामा मात्र लगानी गर्नुपर्ने जस्ता सुझावहरू प्रमुख प्रतिपक्षी दलका नेता शाहीले सरकारलाई दिए ।

विकास र समृद्धिका लागि आफूहरू प्रतिपक्षी नभई सहयात्री भएको बताए । ‘हामी समृद्ध कर्णाली बनाउन चाहन्छौं । हाम्रा लागि दलीय सत्तापक्ष र प्रतिपक्षभन्दा पनि गरीबी, भोकमरी नै प्रतिपक्ष हुन्,’ उनले भने, ‘त्यसका विरुद्ध हामी एकजुट छौं । सरकारले विकास गरोस्, समृद्धि ल्याओस्, हाम्रो सधैं रचनात्मक साथ र सहयोग हुनेछ ।’

सरकारको दाबी विशिष्ट श्रेणी

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीको भनाइको खण्डन गर्छन् । आफूहरूले एक वर्षमा १० मा ८ नम्बर ल्याएको दाबी गरे । बजेट कार्यान्वयन बाहेक अन्यत्र उत्साहजनक काम भएको उनको जिकिर छ । 

उनले प्रदेशको नाम र राजधानी तोकेको बताउँदै त्यसका लागि १ नम्बर, २० वटा विधेयक प्रदेश सभामा प्रस्तुत गरी १७ विधेयक पारित तथा प्रमाणीकरण भएकोलाई १ नम्बर दिनुपर्ने बताए । यस्तै बजेट कार्यान्वयनका संरचना निर्माण भएको र कर्मचारी व्यवस्थापन गरिएकोमा १ नम्बर, नीति कार्याक्रम र बजेट ल्याएको, मातहतका सबै कार्यालयमा वित्त हस्तान्तरण भएकोमा १ नम्बर सरकारले पाउनुपर्ने उनको दाबी छ ।

अनियमितता हटाउने र सरकारले विभिन्न क्षेत्रमा मितव्ययिता अपनाउने गरी अघि बढेको हुँदा त्यसका लागि १ नम्बर, हिल्या–जमुनाहा सडक लगायतका क्षेत्रमा वैदेशिक लगानी जुटाउन पहल गरेकोमा १ नम्बर, विकास निर्माणमा कर्णालीको समृद्धिमा सबै दलबीच साझा प्रतिबद्धता अनुसार अघि बढेकोमा १ नम्बर सरकारले पाउनु पर्ने उनले बताए ।

सरकारले अहिले प्रोजेक्ट बैंक बनाइरहेको र निकट भविष्यमा लगानी सम्मेलन गर्ने भएकाले त्यसका लागि १ नम्बर गरेर जम्मा ८ नम्बर सरकारले पाउनुपर्ने उनको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x