×

NMB BANK
NIC ASIA

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौं

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नेपाल र नेपालीका लागि एउटा खुशीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । 

Muktinath Bank

पर्यटन प्रवर्द्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पुर्‍याएको छ । 


Advertisment
Nabil box
Kumari

विसं २०७२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ । 

Vianet communication
Laxmi Bank

मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ । 

क्षति भएका पूरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ । यस्तै पूराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ । ढुङ्गे धारा, हिटी, देवल तथा काठमाडौँं, पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला सङ्ग्रहालय जस्तै लाग्न सक्छ । 

ट्रेकिङ एजेन्ट्स एसोशिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले विश्व प्रसिद्ध पर्यटनसम्बन्धी जानकारी दिने लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट दश शहरमा राख्नु नेपाल र नेपालीका लागि खुशीको विषय भएको प्रतिक्रिया दिए ।  

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यस्ता विषयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने बताइरहेको बेला काठमाडौं उपत्यकामा बाँकी रहेको पुनःनिर्माण, ट्राफिक जाम तथा अन्य केही समस्या भने समयमै हटाउने तर्फ पहल गर्नुपर्ने बताए ।  

पर्यटकको सङ्ख्या मात्रै बढाउने नभई गुणस्तरीय पर्यटनमा समेत जोड दिएको सन्दर्भमा विश्व प्रसिद्ध संस्थाहरुको घोषणा हाम्रा लागि सकारात्मक चुनौती हुने अध्यक्ष दाहालको टिप्पणी छ । 

प्लानेटले घुम्नलायक उत्कृष्ट दश शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौंमा काठमाडौं, छेटौँमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सेनेगलको डाकार, आठौंमा अमेरिकाको सिएटल, नवौंमा क्रोएशियाको जदार र दशौंमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ठ दश शहरमा समावेश गरेको छ । रमेश लम्साल/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x