×

NMB BANK
NIC ASIA

नेपाल भित्रिएको थियो ३२ किलो सुन, कहाँ गयो बाँकी साढे ८ किलो ?

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गत बिहीवार कञ्चनपुरमा दुई अलग-अलग स्थानमा फेला परेको साढे २३ किलो सुन ३२ किलोको परिमाणमा नेपाल भित्रिएको खुलासा भएको छ । त्यसमध्ये ८ किलो सुन भारत फिर्ता भइसकेको र बाँकी नेपालमै बेचिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ स्थित शंकर भनिने भरत विश्वकर्माको घरमा गाडिएको अवस्थामा १८ किलो र शुक्लाफाँटा नगरपालिका स्थित लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम गरी कुल २३ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्करबाट फिल्मी शैलीमा तस्करी !


Advertisment
Nabil box
Kumari

भारतमा सुन तस्करहरूको ठूलै ट्रान्जिट हो मिजोरम, जुन म्यानमार र बंगलादेशको सीमामा पर्छ । त्यहाँबाट तस्करीको सुन भारतका विभिन्न भू-भागमा पुर्‍याउनका पठाइन्छ ।

Vianet communication
Laxmi Bank

कोलकातामा बस्दै आएका कञ्चनपुरका लक्ष्मण तिरुवा सुन तस्करहरूको गाडी चलाउँथे । सामान्यतया चालकलाई गाडीमा के छ थाहा हुँदैन । यो गाडीलाई यहाँसम्म पुर्‍याउनु भन्ने मात्र निर्देशन उनीहरूलाई हुन्छ ।

यसको सुरक्षाका लागि आवश्यक निगरानी तस्करहरूले आफ्नै ढंगले गर्छन् । त्यसका लागि गाडीमा जीपीएस फिट गरिएको हुन्छ । तस्करहरूले जुनसुकै ठाउँमा बसेर गाडी कहाँ पुग्यो भन्ने हेर्न सक्छन् ।

यसैक्रममा गत मंसिरको पहिलो साता लक्ष्मण डीएल १० सीएफ ६९२१ नम्बरको गाडी लिएर मिजोरमबाट पश्चिमतर्फ लागे । 

लामो समयदेखि सँगै काम गरेकाले तस्करहरूको विश्वासपात्र नै बनिसकेका लक्ष्मणलाई गाडीमा सुन छ भन्ने सोही तस्कर समूहका एक पुराना चालकबाट सूचना प्राप्त भइसकेको थियो ।

मिजोरमबाट अयोध्या आइपुगेपछि उनीहरू बास बसे । लक्ष्मणसँगै अरू २ जना पनि थिए ।

राति सुतेको अवस्थामा बाँकी २ जनालाई छाडेर लक्ष्मण नेपालतर्फ लागे । गाडीमा जीपीएस फिट गरिएको कुरा लक्ष्मणलाई जानकारी थियो । उनले जीपीएस चिप निकालेर एउटा ट्रकको च्यासिसमा राखिदिए ।

त्यहाँबाट राति नै नेपालतर्फ प्रस्थान गरेका लक्ष्मणले केही वर जंगलमा आएर मोबाइलको सिमकार्ड पनि फालिदिए ।

तस्कर समूह ट्रकमा रहेको जीपीएस फलो गरेर ढुक्क भएर बस्यो । उनीहरूले थाहा पाउँदासम्म लक्ष्मण नेपाल छिरिसकेका थिए ।

मंसिर ६ गते बिहान ६ बजेर ३३ मिनेट जाँदा लक्ष्मण रुपन्देहीको सुनौली-बेलहिया नाका हुँदै नेपाल प्रवेश गरे ।

भैरहवा भन्सारमा सामान्य चेकजाँच र गाडीको रेकर्ड राख्ने काम सम्पन्न भएपछि ४ दिन नेपाल बस्ने अनुमति लिएर उनी नेपालगञ्जतर्फ लागे ।

गाडी लिएर हिँडिराख्दा तस्कर र नेपाली सुरक्षाकर्मी दुवैको निशानामा पर्न सकिने डर थियो । नेपालगञ्जमा पुगेपछि गाडी रोकेर उनी सुन खोज्न थाले ।

अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीका अनुसार, गाडीबाट सुन भेट्टाउन नै उनलाई ३/४ घण्टा लाग्यो ।

सुन भेटिएपछि उनी त्यसलाई निकालेर आफ्नो गाउँ कञ्चनपुरतर्फ लागे । गाडी नेपालगञ्जमै छाडिदिए ।

सुन लुकाउन भाइको साथ, बार्गेनिङपछि ८ केजी फिर्ता

लक्ष्मणका भाइ सुरज तिरुवा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

३२ किलो सुन साथमा लिएर हिँड्दा नआत्तिने कुरै भएन । त्यसपछि त्यसलाई व्यवस्थापन गर्न उनले भाइ सुरजको साथ लिए ।

१८ किलो सुन सुरजको ससुराली पुनर्वास पुर्‍याएर आलुको थुप्रोमुनि गाडियो । बाँकी सुन लक्ष्मणकैमा थियो ।

पढ्नुहोस्, यो पनि :
साढे २३ किलो अवैध सुनकाण्डमा सुरज : डीआईजीको ‘घुस उठाउने’ घुमुवादेखि सुन तस्करसम्म

त्यति बेलासम्म भारतस्थित तस्कर समूहमा खैलाबैला मच्चिसकेको थियो । उनीहरूले भारतमै रहेका लक्ष्मणका आफन्तलाई नियन्त्रणमा लिए ।

नेपालस्थित लक्ष्मणको सबै पारिवारिक विवरण र सम्पर्क प्राप्त गर्न उनीहरू सफल भए । 

भाइ नेपाल प्रहरीमा कार्यरत रहेको थाहा पाएपछि शायद उनीहरू सिधै नेपाल आउने हिम्मत गरेनन् ।

लक्ष्मणले तिमीहरूको गाडी नेपालगञ्जमा छ, लैजाओ भनेपछि उनीहरू सुन सुरक्षित रहेकोमा ढुक्क भए । किनकि सुनबारे लक्ष्मणलाई थाहा छैन, गाडी मात्र चोरेको हो भन्ने उनीहरूलाई लागेको थियो ।

अन्तत: गाडीमा सुन नभेटेपछि उनीहरूले फेरि लक्ष्मणसँग सम्पर्क गरे । त्यसपछि शुरू भयो बार्गेनिङको श्रृंखला ।

भारतीय तस्करहरूले ५०/५० प्रतिशत भागबण्डाको प्रस्ताव पनि राखे । यसैक्रममा लक्ष्मणले ८ केजी सुन भारत फिर्ता पठाए ।

सुन बेच्न मुस्ताङदेखि सल्लेरीसम्म

१८ किलो सुन भाइको ससुरालीमा र ८ किलो सुन भारत फिर्ता पठाएपछि लक्ष्मणसँग ६ किलो सुन बाँकी थियो । 

भारतीय तस्करको डरले भागीभागी हिँडेका लक्ष्मण उक्त सुन बेच्न नेपालका उच्च पहाडी क्षेत्रहरूमा पुग्न थाले । 

यसक्रममा करीब ३३२ ग्राम सुन उनले सल्लेरी पुगेर बेचेको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

बाँकी सुन लक्ष्मणको घरमै थियो, त्यही हो प्रहरीले दोस्रो चरणमा बरामद गरेको ५ किलो ६ सय ग्राम सुन ।

नेपालमा करीब १८ लाख पर्ने उक्त परिमाणको सुन लक्ष्मणले २ लाखमा बेचेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए । 

सुन किन्ने व्यक्ति पत्ता लाग्न सकेको छैन ।

दाइ सुन बोकेर त्यसलाई बेच्न भौँतारिरहेका बेला भाइ सुरजले भने दाइ हराएको भन्दै प्रहरीमा उजुरी समेत गरेका थिए ।

बार्गेनिङले खुल्यो पोल

सुरज र लक्ष्मण एकातिर आफूहरूसँग रहेको सुन बिक्री गर्ने मिसनमा थिए भने अर्कातर्फ भारतीय तस्करहरूसँग बार्गेनिङ पनि चलिरहेको थियो ।

बिक्रीका लागि पनि विभिन्न व्यक्तिहरूसँग विभिन्न चरणमा मोलमोलाइ चलिरहेको थियो । 

यसैक्रममा प्रहरीले गोप्य सूचना पायो र सुन बरामद भयो ।

यी दाजुभाइ दुवै हिरासतमा छन् । 

पढ्नुहोस्, यो पनि :
निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x