×

NMB BANK
NIC ASIA

सुर्खेत - कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको नौमुले गाउँपालिका वडा नं. १ तोलीका ५४ घरधुरीको अहिले समय फेरिएको छ । विगतका वर्षहरुमा खान नपुग्ने भएका कारण पैसा कमाउन भारतका विभिन्न शहरमा जाने यी घरधुरीमा अहिले खुशीयाली छाएको छ ।

Muktinath Bank

दशैं, तिहार लगायतका चाडपर्वमा सबै सँगै रमाउने गरेका तोलीका यी घरका जीवनमा यस्तो परिवर्तन साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले ल्याएको हो । स्थानीयले गठन गरेको  'नमूना कृषि दियालो सहकारी'मा २०७३ सालको असारमा २६ लाख ६९ हजार ४६९ रुपैंया तरकारी खेतीगर्न भनेर अनुदान दिइएको थियो । स्थानीयले उक्त काम एक वर्षमा मेहनत गरेर काम सम्पन्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय वीरेन्द्र हमालका अनुसार उतिबेला आयोजनाले दिएको रकमबाट विभिन्न तरकारी खेती गर्न सुरू गरे । ‘पहिले हामी भारत जाने केहि महिना बस्ने र कमाएर आउने गरेका थियौं,' उनले भने, ‘उतिबेला हामी मोही र नुनसँग मकैको रोटी खान्थ्यौं, तरकारी खानुपर्छ भन्ने थाहा नै थिएन ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार अहिले उक्त बस्तीको मुहार फेरिएको छ । वार्षिक रुपमा तरकारी बेचेरै गत वर्ष २९ लाख ३४ हजार १८७ आम्दानी बस्तीले गरिसकेको छ । ‘एकातिर आम्दानी पनि भइरहेको छ । कृषकले छोराछोरीलाई बजारमा पढाउन थालेका छन्,’ उनले भने, ‘गाडी नपुगेका कारण अहिले स्थानीयले नौमुले बजारमा डोकोमा राखेर आफ्ना उत्पादनहरू बिक्री गर्ने गरेका छन् । हरेकको घरमा अहिले तरकारी खेती छ ।'

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगरमा उज्जवल कृषि महिला समुह छ । महिला समुहमा आयोजनाले १३ लाख १९ हजार ६७५ रुपैंया अनुदान दिएको थियो । बाँकी २० लाख ५७ हजार रुपैंया उनीहरु आफैंले लगानी गरे । उनीहरुको लगानीमा १२ ओटा टनेलहरु बनाइए । ती टनेलमा ७ हजार २ सय डल्ला राखियो अनि सुरू भयो च्याउन खेती ।

समुहकी नमिता ढकालका अनुसार यो वर्ष मात्रै समुहले ६.८ क्विन्टल च्याउन उत्पादन गरेको छ । ६.५ क्विन्टल च्याउ बिक्री गरेर ६ लाख ६२ हजार पाँच सय आम्दानी गरेको छ । समुहले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने २५ जनाले अप्रत्यक्ष रुपमा रोजगारी दिएको ढकालको भनाई छ ।

कर्णालीका दुई जिल्ला सुर्खेत र दैलेखमा ११ जुन २०११ देखि परियोजना सुचारु भएको आयोजनाका निर्देशक गोकर्णराज अर्यालले बताए । उनका अनुसार आयोजनाले कर्णालीका दुइ जिल्लामा उत्पादन सामाग्रीका लागि अनुदान दिन २८ ओटा, फार्म विकास तथा प्रविधि अनुदान ७४ ओटा र उत्पादन उपरान्तका मूल्य श्रंखलामा लगानी अनुदानका लागि ४ उप-आयोजनामा लगानी गरेको छ ।

विकासमा राजनीतिनगरौं -मन्त्री केसी

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विकासमा राजनीति हुने प्रचलन् भएका कारण विकास हुन नसकेको बताईन् । ‘हरेक विकासमा राजनीति गर्ने चलनकै कारण आज हामी यो अवस्थामा छौं,’ मन्त्री केसीले भनिन्, ‘अब सबैले यो प्रचलन त्याग्नै पर्छ ।’

मन्त्री केसीले सबै सरकार, विकास साझेदार सबैले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । ‘विकासमा सबैको एकता नभएसम्म हामी विकास गर्न सक्ने स्थिति छैन,'  उनले भनिन, ‘आउनुहोस सबै हातेमालो गरौं । जनताले चाहेको जस्तो विकास गरौं । एकाकार भएर काम गर्न सके योजना डुप्लिकेशन पनि नहुने, पारदर्शिता पनि कायम हुने र परिणाम पनि देखिन्छ ।’

उनले कृषि क्षेत्रको विकास गर्न चुनौती भएको बताईन । ‘अनुदान सोझै दिए भ्रष्टाचार हुने वा दुरुपयोग हुने सम्भावना छ,' उनले भनिन्, ‘उता सामान्य किसानले कागजी झमेला मिलाउन सक्दैन । जसले काम गर्छ उसले राम्रो प्रपोजल बनाउन सक्दैन ।’

उनले यो झमेला सरकारी निकायमा पनि रहेको बताईन् । ‘कसरी साँच्चिकै किसानसम्म पुग्न सकिएला ?’ उनले प्रश्न गरिन्, ‘सरकार काम गर्ने किसानसँगै काम गर्न चाहन्छ । तर उपाय के हुन सक्ला ?’ मन्त्री केसीले सहकारी एक विकल्पको रुपमा रहेको बताईन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x