×

NMB BANK
NIC ASIA

घडियाल गोही संरक्षणमा चुनौती, पाँच वर्षको बनाउन १० लाख खर्च

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रत्ननगर-  संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन । 

निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा बबई नदीमा छाड्ने गरेको छ । निकुञ्जको तथ्याङ्कअनुसार अहिलेसम्म एक हजार ३०० भन्दा बढी गोही नदीमा छाडिसकिएको छ । 

निकुञ्जका अनुसार हाल यी नदीमा जम्मा २०० वटा घडियाल भेटिन्छन् । प्रजनन केन्द्रले राप्ती तथा नारायणी नदीको जोखिमयुक्त ठाँउमा रहेका घडियालका गुँडबाट अण्डा सङ्कलन गरी यसबाट बच्चा उत्पादन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो । 

“एउटा घडियाललाई पाँच वर्षको बनाउन करीब रु १० लाख खर्च हुन्छ” उहाँले भन्नुभयो, “वर्षेनी गोहीलाई नदीमा छाड्ने गरे पनि सङ्ख्यामा भने वृद्धि आएको छैन । यसको मुख्य कारण पानी प्रदूषण नै हो ।” 

गोहीको बासस्थानमा भइरहेको गिट्टी बालुवाको उत्खनन, माझीको तियारी जालमा परेर गोही मर्ने र केही गोहीलाई बाढीले भारततिर बगाउँदा गोहीको संरक्षणमा थप चुनौती देखिएको खड्काले बताउनुभयो । निकुञ्जको तथ्याङ्कअनुसार गत भदौदेखि माघसम्म तियारी जालमा परेर ४ वटा घडियाल मरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए घडियाल लोप भएर जाने बताउनुभयो । घडियालले अण्डा पार्नेदेखि बच्चा जन्माउने काममा बालुवाकै प्रयोग गर्ने भएकाले गोही पाइने क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा पूर्णरूपमा रोक लगाउनुपर्ने उहाँको भनाइ छ । 

घडियाल संरक्षण गर्न १० जना कर्मचारी खटिएका छन् । केन्द्रले गोहीको आहाराको लागि वार्षिक १३ सय किलो पोखरीको माछा खुवाउने गरेको छ । गोहीको क्षेत्रमा ठूलो खर्च भए पनि प्राकृतिकरूपमा यसको सङ्ख्यामा वृद्धि नहुँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x