×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरपालिकामा अत्याधुनिक सपिङ कम्प्लेक्स बन्ने

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल-बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बन्ने भएको छ । बुटवल–९ स्थित हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको ३ तलाको भवन बन्ने छ ।

Muktinath Bank

यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी सोमबार सम्झौता भएको छ । बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतबीच सोमबार काठमाण्डौंस्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । १० करोड ८४ लाख रुपैंयाको कुल लागतमा बन्ने सो भवनको निर्माणकार्य बैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बुटवलको सम्भावनालाई साकार पार्नेगरि सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।

Vianet communication
Laxmi Bank

भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्ने छ । बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले जोहो गर्ने छ ।

कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए  । कोषसंगको सम्झौताले आफुहरुलाई हौसला बढेको सिग्देलको भनाइ छ ।

बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । अब लगत्तै ठेक्कापट्टा र बाँकी प्रक्रियागत कामहरु अगाडि बढ्ने उनको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमध्येकै एउटा योजना अत्याधुनिक पार्किङ भवन अर्थात सपिङ कम्पलेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसंगको सहकार्यमा अरु योजनाहरुलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइने बताए  ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् ।

पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउँदै योजना प्रमुख ई.श्रेष्ठले अहिले वहुवर्षीय योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।

बुटवल उपमहानगरपालिकाले जितगढी, हिलपार्क, मिलनपार्कहरुको गुरुयोजना बनाइरहेको छ । यस्तै जवइ खेल मैदान, ट्रान्सपोर्ट भिलेज र विभूति पार्कका लागि पनि गुरुयोजना बनाएर काम अगाडि बढिरहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x