×

NMB BANK
NIC ASIA

डिपिएलः ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी–रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । आज भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । 

Sagarmatha Cement
Muktinath Bank

अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाइसी अत्तरियाबीचको खेल हुन बाँकी रहेको छ । आज भएको दोस्रो खेलमा सिवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै प्लेअफमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोर १४८ रन बनायो । 


Advertisment
Nabil box
Kumari

अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जयकिसन कोल्सावालाले अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सन्नी डिपिएलमा अर्धशतक पूरा गर्ने पाँचौँ खेलाडीसमेत बने । 

Vianet communication
Laxmi Bank

यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डिपिएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान एक–एक विकेट लिए । 

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बाँस्कोटाले २७ रन जोडे । 

यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान तीन–तीन विकेट लिए । आज भएको पहिलो खेलमा जीत हात पारेर रुपन्देही च्यालेञ्जर्स डिपिएल क्रिकेटको प्लेअफमा पुगेको छ । 

साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ । 

वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनायो । प्रतिकूल मौसमका कारण १५ ओभरमा खटाएर खेलाइएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । 

यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान दुई–दुई विकेट लिए । 

रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले तीन तथा विक्रम सोवले दुई विकेट लिए । जीतसँंगै रुपन्देहीले पाँच खेलबाट छ अङ्क जोडेको छ । रुपन्देही अङ्क तालिकाकोे दोस्रो स्थानमा उक्लिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x