कर्णाली प्रदेशमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटोफिचर]

फागुन ७, २०७५

सुर्खेत– एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै केन्द्र र प्रदेश सरकारले आज औपचारिक कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइरहेका छन् ।

यसैअवसरमा कर्णाली प्रदेशमा पनि औपचारीक कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाइएकाे छ । कार्यक्रममा प्रदेशसभाका सभामुख राजबहादुर शाही, आन्तरिक मामिलामन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल,  भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्तीसहित प्रदेशसभा सदस्य, जिसस सुर्खेतका संयोजक, नगरप्रमुख, उच्चपदस्थ कर्मचारीलगाएतको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

फागुन ७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस