×

NMB BANK
NIC ASIA

जनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०७२ भदौ १० गते छिमेकीको इँटा प्रहारबाट आफ्नो आँखा फुटेको भन्दै उजुरी दिएका महतोले जिल्ला अदालतमा बयान फेर्दा अभियुक्तले उन्मुक्ति दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छिमेकी रामविश्वास राय, दिनेश राय, प्रमोद साह र परशुराम साहले इँटा प्रहार गर्दा आफ्नो आँखा फुटेको भन्दै महतोले शुरूमा प्रहरीमा उजुरी दिएका थिए । उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सबै अभियुक्तविरुद्ध कुटपिट तथा अंगभंग उजुरी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीले तत्कालै सबै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्दै सर्लाही जिल्ला अदालतसमक्ष मुद्दा दायर गरेको थियो । तर अदालतमा पीडित भूपनारायणले नै बयान फेरेपछि सबैले सफाइ पाए । पीडित महतोले आफू औषधि किन्न गएको बेला मोटरसाइकलबाट लडेर इँटामा ठोक्किन गएका कारण दृष्टिविहीन भएको बयान अदालतमा दिएपछि अभियुक्तहरू छुटे ।

Vianet communication
Laxmi Bank

पीडितको बयानका आधारमा सर्लाही जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाले २०७३ माघ ३ गते फैसला गर्दै सबै अभियुक्तलाई सफाइ दिएको थियो । ‘अदालतमा आएर जाहेरवालाले बकपत्र गर्दा मोटरसाइकलबाट लडी इँटामा ठोक्किँदा चोट लागि दृष्टिविहीन भएको र प्रतिवादीले कुटपिट गरेका छैनन् भनी अदालतमा स्वतन्त्र रुपमा बकपत्र गर्दा यसरी व्यक्त गरेको कुरा नै प्रथम प्रमाण हुने देखिएको अवस्थामा वस्तुनिष्ठ प्रमाणको अभावमा प्रतिवादीहरू उपरको अभियोग दावी पुग्न नसक्ने हुनाले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ,’ जिल्ला अदालतको फैसलामा लेखिएको छ ।

नेपाल सरकार समेत वादी भएको मुद्दामा हारेपछि सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्यो । पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले भूपनारायणलाई कैद र जरिवाना गरेको छ ।

‘जाहेरवालाको अकर्मण्यताको कारणले प्रतिवादी २०७३ माघ ५ देखि माघ १५ गतेसम्म थुनामा बसेका छन्,’ उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिकुमार पोखरेल र ध्रुबराज नन्दको संयुक्त इजलाशले २०७५ फागुन १ गते गरेको फैसलामा भनिएको छ, ‘प्रहरी कार्यालय, सरकारी वकिल र अदालतको श्रम र समय खेर फाल्ने अभिप्रायले पछि ‘होस्टायल’ भई जाहेरवाला भूपनारायणले अदालतमा आएर झूटा बकपत्र गरेको देखिँदा निजलाई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ बमोजिम २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर्छ ।’

उच्च अदालत जनकपुर इजलाशका इजलाश अधिकृत लक्ष्मण साहले भने, ‘यस्तो फैसला भएपछि झूटो मुद्दा लगाउने प्रवृतिमा कमी आउँछ ।’ तराई–मधेशमा झूटा मुद्दा दर्ता गर्ने, १ जना अभियुक्तको ठाउँमा १० जनासम्मलाई आरोपित बनाइदिने प्रवृत्ति पनि अन्त्य हुने साहले बताए ।

जनकपुर बार एसोसिएसनका अध्यक्ष राम नेक साह पनि उच्च अदालतले एकदमै सही फैसला गरेको बताउँछन् । ‘आफैं मुद्दा पनि दिने पछि अदालतमा आएर होस्टायल भई दिने प्रवृत्तिले प्रहरी र अदालत समेतको समय बर्बाद हुने हुनाले सजाय हुने पर्छ,’ बार अध्यक्ष साहले लोकान्तरसँग भने, ‘वास्तविक घटना हुँदा त केही पनि छैन । तर यसरी नक्कली पीडित बन्नेहरूलाई त कारबाही गर्नैपर्छ ।’

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायाधिवक्ता सुरेन्द्र यादव पनि फैसलाले ठूलो सन्देश दिएको बताउँछन् । गलत बयान दिँदा त्यसको परिणाम पनि गलत हुन्छ भन्ने सन्देश समाजमा पुगेको उनले बताए । ‘उक्त फैसलाका कारण अब राजनीतिक प्रतिशोध, राजनीतिक दबाव, इष्र्या, द्वेष आदिमा आएर फसाउने प्रवृत्ति पनि कम हुनेछ,’ साहले बताए ।

कतिपय अवस्थामा शुरूमा मुद्दा दिने, जाहेरी दिने तर पछि अभियुक्तसँग रुपैयाँ पैसाको लेनदेनमा अदालतमा गएर उल्टो बयान गरिदिने प्रवृत्तिको पनि अन्त्य हुने सरोकारवाला बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x