माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
फागुन ७, २०७५
काठमाडौं – १ सय ४ वर्षको निरंकुश जहानियाँ राणा शासन अन्त्य भएको फागुन ७ गते नेपालीका लागि विशेष महत्त्वको दिन हो ।
२०६२/०६३ सालको दोस्रो जनान्दोलनपछि राजनीतिक रूपमा फागुन ७ को महत्त्व उल्लेख्य रूपमा घट्यो । २००७ सालमा राणाविरुद्ध लड्ने मुक्ति योद्धाहरू पनि दिवंगत हुँदै गए । तर मुक्तिसेनामा रहेर प्रजातन्त्र प्राप्तिका लागि उल्लेख्य भूमिका खेलेका विश्वबन्धु थापा भने जिउँदो इतिहासको रूपमा हामीमाझ छन् ।
प्रजातन्त्र प्राप्तिको दिनमा लोकान्तरले थापाको खोजी गर्यो । गैरीधारास्थित आफ्नै निवासमा अवकाशको जीवन बिताइरहेका थापा ९२ वर्षमा पनि हृष्टपुष्ट देखिन्छन् । थापाले ऐना बनेर राणा शासनबाट छुटकारा र छुटकारापछिको संक्रमणकालीन राजनीतिक परिस्थितिलाई आफ्नै शब्दमा व्याख्या गरे ।
नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाका पाचौं पुस्ता परिवारका सदस्य विश्वबन्धु थापाले पञ्चायतकालमा राजा महेन्द्रले आफूलाई बारम्बार मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त गर्न खोजेको खुलासा गरे । तर आफ्ना जिजु-हजुरबा भीमसेन थापा र माथवरसिंह थापालाई षड्यन्त्र गरेर मारिएकाले आफूलाई प्रधानमन्त्री नफाप्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए ।
१९८४ को भदौ २४ मा भारतमा जन्मिएका थापालाई आफ्नै बुवा पदमजंग थापाबाट राणा शासनविरुद्ध लड्ने प्रेरणा मिलेको थियो । त्यतिबेला सुब्बा रहेका पदमजंग थापालाई राणाहरूले विभिन्न आरोप लगाएर देश निकाला गरेका थिए । निर्वासनबाट फर्केपछि उनको परिवार विराटनगरमा बस्यो ।
मेट्रिक पास गरेपछि २००१ सालमा उनी काशी हिन्दू विश्वविद्यालयमा भर्ना भए । त्यतिबेला विद्यार्थीहरूलाई सैन्य तालिम दिने गरिन्थ्यो । त्यतिबेला लिएको तालिम उनले झापा, विराटनगरजस्ता शहरहरू मुक्तिसेनाको कब्जामा लिन प्रयोग गरे ।
त्यतिबेला खोलिएको राष्ट्रिय कांग्रेसका एकमात्र जिउँदो संस्थापक हुन्, विश्वबन्धु थापा । थापाकै शब्दमा राष्ट्रिय कांग्रेस गान्धीवादी पार्टी थियो । त्यतिबेला सुवर्ण शमशेरले पनि अर्को पार्टी खोलेका थिए, प्रजातान्त्रिक कांग्रेस । दुवै कांग्रेस एकीकरण गरेर २००६ सालमा नेपाली कांग्रेस स्थापना भयो । कांग्रेसले गान्धीवादी विचारधारा त्यागेर हतियार उठाउने निर्णय गरेपछि सैन्य तालिम पनि लिएकाले थापाको भूमिका झनै बढ्यो ।
झापामा सहयोद्धा मारिए, विराटनगर कब्जा भयो
आफ्नो अविश्मरणीय घटनाका रूपमा थापा झापा कब्जाको प्रयास र विराटनगर कब्जालाई लिन्छन् ।
'मेरो र केशव कोइरालाको नेतृत्वमा रहेको मुक्तिसेनाले २००७ साल कार्तिक ३० गते विराटनगरको रगेंली कब्जा गर्यो र झापातर्फ अगाडि बढ्यो । मंसिर ४ गते बिहान ५ बजे हामीले झापा ब्यारेक आक्रमण आक्रमण गर्यौं । आक्रमणमा मेरो दायाँबायाँ रहेका लालबहादुर थापा, हवल्दार बखतजंग लिम्बू र हर्षजंगलाई गोली लाग्यो र वीरगति प्राप्त गरे । १० बजे गोलाबारी रोकियो । हामीले झापा कब्जा गर्न पाएनौं,' थापाले भावुक हुँदै स्मरण गरे, 'नजिकै पर्खाल थियो । त्यसपछि धानबारी थियो । मैले पर्खाल नाघेँ र धानबारी पुगेर ज्यान जोगाएँ । हाम्रो योजना असफल भएपछि हामी विराटनगर फर्कियौं ।'
'त्यसपछि विराटनगर कब्जा गर्ने योजना आयो,' थापा थप्छन्, 'हाम्रो सम्पूर्ण तयारी पूरा भयो । सुवर्ण शमशेर आएर निरीक्षण गर्नुभयो । राणा सरकारले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको विराटनगरमा मंसिर २२ गते बडाहाकिम उद्धव विक्रम राणालाई आत्मसमर्पण गर्न भनियो । उनले नमानेपछि मंसिर २३ गते मुक्तिसेनाले विराटनगर आक्रमण शुरू गर्यो ।
२ दिनसम्मको आक्रमण सफल नभएपछि केही दिनलाई युद्ध स्थगित गरी पौष ८ गते बीपी कोइराला समेतको प्रत्यक्ष सहभागितामा पुन: विराटनगर आक्रमण गरियो । विराटनगरमा कडै संघर्ष भयो । हामीले ट्र्याक्टरलाई ट्यांक बनायौं । उद्धवविक्रम राणाको घर त्यही ट्यांकले भत्काइयो । हाम्रा तीन सय जति सैनिक विराटनगरमा थिए । विराटनगर हामीले कब्जामा लियौं । अन्तरिम सरकार गठन भयो । कृष्णप्रसाद कोइराला गभर्नर हुनुभयो, म गृहमन्त्री ।'
त्यसको तीन महिनापछि २००७ साल फागुन ७ गते प्रजातन्त्र क्रान्ति सफल भयो र प्रजातन्त्र आयो ।
प्रजातन्त्र प्राप्तिपछिको राजनीतिक अस्थीरता
प्रजातन्त्र प्राप्तिपछि बनेको अन्तरिम सरकारमा राणाको तर्फबाट मोहनशमशेर नै प्रधानमन्त्री बने । तर राजा त्रिभुवन र राणा प्रधानमन्त्री मोहनशमशेरको बीचमा खटपट शुरू भयो । राजा त्रिभुवनले बीपीलाई राजीनामा दिन लगाए ।
थापा भन्छन्, 'दिल्ली सम्झौतामा राणा या कांग्रेस कुनै एक सरकारबाट फिर्ता भए सरकार नै अपदस्थ हुने प्रावधान थियो । तत्कालीन गृहमन्त्री रहेका बीपीले राजीनामा दिएपछि राणा प्रधानमन्त्रीबाट निकालिए ।'
आफू बीपी र मात्रिकाको बीचमा चेपिएको अनुभव पनि छ थापाको । 'बीपीले मलाई गोरखामा बडाहाकिम भएर जान निर्देशन दिनुभयो, तर मातृकाले नजा भन्नुभयो,' थापा सम्झन्छन्, 'म बडाहाकिम भएर गएँ, त्यसपछि मातृका प्रधानमन्त्री हुनुभयो । ९ महिनामा म फर्केपछि गोर्खा जान्न भन्दिएँ मातृकालाई । उहाँले बीपीले भनेको मान्ने, मैले भनेको नमान्ने भनेर झापार्नुभयो । त्यसो भए, म पोखरा जान्छु भनेर भनेँ ।'
२००९ सालमा राजा त्रिभुवनले आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् गठन गरे । मन्त्रीहरूलाई परामर्शदात्रीको नाम दिइयो । २०१० साल असारमा मात्रिकाको नेतृत्वमा फेरि नयाँ सरकार गठन भयो । २०१२ सालमा शाही सल्लाहकार गठन गरेर राजाकै नेतृत्वमा सरकार चल्यो ।
२०१२ सालको माघमा टंकप्रसाद आचार्यको नेतृत्वमा नयाँ सरकार गठन भयो । २०१४ सालमा डाक्टर केआई सिंहको नेतृत्वमा नयाँ सरकार गठन भयो । यसरी छोटो समयमै सरकार गठन र पुनर्गठनको श्रृंखलाले नेपालमा झन् अस्थीरताको बिजारोपण गर्यो ।
२०१५ सालको चुनावी भविष्यवाणी
'एकपटक राजा महेन्द्रसँग भेट हुँदा उनले सोधे, विश्वबन्धु! कांग्रेसको कति सिट आउला ? । मैले ७५ जति आउँछ होला सरकार भनिदिएँ । त्यसपछि त्यतिबेलाका प्रधानमन्त्री सुवर्ण शमशेर र बीपी मसँग रिसाउनुभयो ।'
'कांग्रेसको बढी सिट आउने थाहा पाए राजाले चुनाव गराउँदैनन्, तिमीले किन नबुझेको यो कुरा ? भनेर मलाई भनेपछि मैले पनि कुरा बुझेँ,' थापाले भने, 'पछि राजाका सवारीमन्त्री भुपालमान सिंहमार्फत् मैले ३०-४० सीट मात्र आउने जाहेरी पठाएँ राजालाई ।'
'चुनाव भयो, नेपाली कांग्रेसले ७१ सिट जित्यो,' थापाले भने, 'पछि २ जना स्वतन्त्र पनि हाम्रै पार्टीमा आए । मेरो भविष्यवाणी लगभग मिल्यो ।'
तर नेपाली कांग्रेसको दुईतिहाइ सरकार २०१७ साल पुस १ गते राजा महेन्द्रले 'कू' गरेर हटाए । त्यतिबेला थापा न्युयोर्कमा थिए । 'मलाई राजाले यस्तो गर्लान् भन्ने पहिल्यैदेखि शंका थियो,' थापाले भने, 'त्यतिबेला बीपीको ठाउँमा सुवर्णशमशेर प्रधानमन्त्री भएको भए, पुस १ गते आउँदैन थियो ।'
राजा महेन्द्रले 'कू' गरेपछि थापा राजा महेन्द्रका प्रियपात्र बने । थापालाई पंचायतको पुरोहित पनि भनिन्छ, किनभने पंचायत नामको सिफारिसकर्ता उनै थापा थिए ।
बीपीसँगको सम्बन्ध
बीपीसँग मेरो सम्बन्ध प्रगाढ थियो, भन्छन् थापा । 'उहाँको निडरपन थाहा पाउन धेरै कुर्नै परेन, म मेट्रिक जाँच दिन वनारस जाँदा उहाँसँग घनिष्ट भएँ । उहाँ त्यतिखेर समाजवादी आन्दोलनमा होमिसक्नुभएको थियो । वनारसमा धेरै कम्युनिस्ट नेता थिए । उनीहरूसँग उहाँको बाक्लो संगत थियो । कार्ल माक्सको किताब पढ्नुहुन्थ्यो । उहाँलाई त्यसैले समाजवादी बनायो । वनारस बसाइमा उहाँसँग मेरो राजनीतिक सम्बन्ध बढ्दै गयो ।'
तर बीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा विश्वबन्धु थापालाई नकारात्मकताको छिटा परेको सशक्त पात्रको रूपमा चित्रित गरेका छन् । कोइरालाको आत्मवृतान्तमा विश्वबन्धुबारे त्यति धेरै उल्लेख पनि छैन जो स्वाभाविक नै लाग्दछ, तर जति उल्लेख छ त्यो टार्न नसकिने भएकाले आएको छनक पाइन्छ ।
२००७ सालको क्रान्तिमा हतियार उठाउनेहरूमा जस–जसको नाम बीपीले सम्झेका छन्, तिनीहरू सबै जसोको पृष्ठभूमि कतै कुनै न कुनै रूपले उल्लेख गरेका छन् । उनले पृष्ठभूमि उल्लेख नगरेका थोरै पात्रहरूमध्ये विश्वबन्धु एक हुन्, जसको स्वभाव चित्रणमा उरन्ठेउलो, महत्वाकांक्षी भनेका छन् । अवसरवादी पनि भएको छनक दिएका छन् ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...