×

NMB BANK
NIC ASIA

डाक्टर नर्स हिँडे अस्पतालको स्थापना दिवसमा, बिरामीको बिचल्ली

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश अस्पताल परिसरमा मंगलबार अनौठो दृश्य देखियो । डाक्टर र नर्स तथा अन्य कर्मचारीहरु अस्पतालको स्थापना दिवसमा बस्दा सेवाग्राही भने मारमा परेका छन् । अस्पतालको स्थापना दिवस गत वर्ष नै कर्णालीका मुख्यमन्त्रीले नगर्न निर्देशन दिएपनि यो वर्ष पनि आयोजना गरिएको हो ।

Muktinath Bank

अस्पतालको स्थापना दिवसमा डाक्टर र नर्सहरु सहभागि भएपछि आफूहरुलाई सास्ती भएको एक विरामीले बताए । 'म यहाँ आएको दुइ घण्टा पुग्न लाग्यो,' उनले भनिन, 'डाक्टर साब र नर्सहरु कार्यक्रममा हुँदा मैले सहज रुपमा सेवा पाउन सकिन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साठी हजारलाई सेवा दिइयो


Advertisment
Nabil box
Kumari

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल (साविकको मप क्षेत्रीय अस्पताल)ले गत आर्थिक वर्षमा ६० हजार बढी विरामीलाई उपचार सेवा दिएको छ । प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिदैं यस अस्पतालले मुख्यगरी कर्णाली प्रदेशका बासिन्दाहरुलाई उपचार गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

गत आर्थिक वर्षमा अस्पतालको बहिरंग सेवाबाट ६० हजार बढी र आकस्मिकमा करिव १० हजार नागरिकले सेवा लिएको अस्पतालले जनाएको छ । अन्तरंग सेवाबाट १२ हजार बढी र करिव ४ हजारलाई सुत्केरी सेवा दिइएको छ ।

मेजर अप्रेशन करिब एक हजार ५ सय वटा गरिएको छ । साविकको ५० शैयाबाट अहिले ११५ शैया पु¥याएको छ । ३०० शैयाको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी आर्थिक बर्षदेखि सो भवनबाट सेवा संचालन गरिने अस्पतालमा प्रमुख मेसु डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालले स्त्री तथा प्रसूती विभाग, शल्यचिकित्सा विभाग, मेडिसियन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग, फिजियोथेरापी सेवाहरु संचालन गरिरहेको छ ।

५५ जना आङ खस्ने महिलाको अप्रेशन र ३६ जनाको फिस्टुलाको अप्रेशन गरिएको छ । भर्ना भइ उपचार लिएको मध्ये ९७ प्रतिशत विरामी निको भएको दावी अस्पतालले गरेको अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलले जनाए ।

यसैवीच प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताललाई स्तरोन्नति गरी प्रदेशकै मेडिकल कलेजको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले जनशक्ति र उपकरणको व्यवस्थागर्नपनि पहल गरिने आश्वासन दिए । अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश अस्पतालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने सो अवसरमा अस्पतालका हाडजोर्नी डा. हरि सापकोटा र कार्यालय सहयोगी पूर्णा सार्कीलाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x