×

NMB BANK
NIC ASIA

विराटनगरका व्यापारीको बैँक ब्याजदर घटाउ आन्दोलन जसरी शुरू भयो उसैगरी अन्त्य

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर - उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघ आफ्नो पुर्ब घोषित कार्यक्रमबाट पछि हटेको छ । चर्को ब्याजदरका कारण बैंकहरुको उत्पादन लागत बढेको र प्रतिस्पर्धा क्षमतामा ह्रास आएको भन्दै आन्दोलनको घोषषणा गरेका थिए ।

Muktinath Bank

माघ १३ गते प्रधानमन्त्री देखि राष्ट्रबैंकलाई समेत सम्बोधन बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाए लगतै माघ १८ गते देखि प्रथम चरणका विरोधका कार्यक्रमहरु घोषणा गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैंक तथा बीमा कम्पनीहरुको मनोमानी र सिण्डिकेट पद्धति विरुद्धको संगठन र संघको विरोधका कार्यक्रमहरुमा नेपाल उद्योग वाणिज्य महासंघ समेत देशभरिका उद्योग वाणिज्य संघहरुले सहमति र समर्थन जनाई आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकोमा सरकारले त्यसलाई सकारात्मक लिएको भन्दै उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

फागुन ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उद्योगी व्यवसायीका माग सम्बोधन गर्न चासो देखाएको बताएका हुन् । प्रधानमन्त्री, अर्थ मन्त्री र उद्योग मन्त्री, नेपाल राष्ट्र वैकका गर्भनर, लगायत नेपाल सरकारका तथा सम्वद्ध निकायका उच्च पदस्थ पदाधिकारी सहिहितको छलफल पछि तत्काल अहिले बढेको ब्याजदर घटाउन प्रधानमन्त्रीले निर्देशन दिनु भएको बिषयलाई सकारात्मक लिएसँगै अब ब्याजदर घट्ने आशा उद्योगी ब्यवसायिले लिएका छन् ।

Vianet communication
Laxmi Bank

संघ र संगठनले बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्बजनिक भएपछिको प्रगतीको बारेमा जानकारी गराएको हो । नीजि क्षेत्रका तर्फबाट प्रस्तुत भएको पछिल्लो अबस्थाको कार्यपत्र प्रस्तुत पछि नीजि क्षेत्रका मांगलाई तत्काल सम्वोधन गर्न अर्थ मन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई निर्देशन दिएकोले ब्यवसायीमा बैकको ब्याजदर घट्नेमा आशा लिएर फर्किएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले प्रधानमन्त्रीको निर्देशन पछि राष्ट्रबैंकसँग छुट्टै छलफल भएकोले राष्ट्रबैंक यस बारेमा गम्भीर रहेकोले अहिले तत्काललाई आन्दोलन स्थगित गरिउको भएपनि राष्ट्रबैंकले माग सम्बोधन हुने आशा लिए । ‘अर्थ मन्त्रालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघसँग पनि छलफल भएको थियो,' उनले भने, 'छलफलमा गठन भएको उच्चस्तरीय कार्यादलले तयार पारेको अन्तिम प्रतिवेदन कार्यान्वयनका गर्न अनुरोध गरिएको छ ।’ छलफल पछि अर्थमन्त्री युवराज खतिवडाले नीजि क्षेत्रका २३ मांग मध्ये ११ मांग तत्काल पुरा गर्न सकिने बताएपछि ब्यवसायीलाई बताएका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार शारडाले भने, ‘६ वटा माग पुरा गर्न केही समय लाग्ने र अन्य ६ वटा मागका सम्बन्धमा सम्वन्धित क्षेत्रहरुसंग समेत समन्वय र छलफल गर्ने बताउनु भएको छ ।’ भएको सहमतीको बारेमा जानकारी दिँदै अध्यक्ष सारडाका अनुसार, उद्योग र वैंक एक–अर्काका परिपुरक भएकाले दुवै सहज रुपमा संचालन हुने वातावरण वनाउन अर्थ मन्त्रालय कटिवद्ध रहेको, मौद्रिक नीतिको समिक्षा गरी तरलता, पुर्नकर्जा, एल.सी, वैदेशिक लगानी वढाउने, ठूला भारतीय नोट सटही गर्ने व्यवस्था कायम गर्ने, वीमा नीतिलाई पुनरावलोकन गर्न वीमा समितिलाई निर्देशन दिनुका साथै ठूला संस्थाहरुको निक्षेपमा दिईरहेको व्याज दररेटलाई रिभ्यू गरिरहेको हुनाले केही समय लाग्ने बारेमा समय लाग्ने मन्त्रालयमा सहमती भएको सारडाले जानकारी दिए ।

वित्तिय संस्थालाई निक्षेप तानातान नगर्न निर्देशन दिदै छलफलमा आएका विषयहरुलाई आवश्यकता अनुसार पन्द्र दिन भित्रमा पुनरावलोकन गर्दै जाने अर्थमन्त्रीको विश्वस्त पारिएको जानकारी दिइएको थियो ।

सरकारको तर्फबाट राष्ट्र वैंकहरुले लगाएको सर्भिस शुल्कलाई अध्ययन गरि हटाईने, उद्योगले सहज र सरल तरिकाले कर्जा प्राप्त गर्ने वातावरण वनाउने प्रतिवद्धता व्यक्त गरिएको समेत जानकारी दिईएको छ र संघ र संगठनको असन्तुष्टी अर्थ मन्त्रालयमा २०७५ फागुन ६ भएको छलफलमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र वैंकर्स एशोसिएसनका ज्ञानेन्द्र ढुंगानाको प्रस्तुती प्रति उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले आपत्ती जनाएको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले जिम्मेवार पदमा रहेर नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै नीजि क्षेत्रको भावना र मर्म विपरित भएको प्रस्तुती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, दुबै संगठनद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । नेपाल राष्ट्र वैंकको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा वैठकबाट हाम्रा समस्यालाई सम्वोधन गर्ने प्रयत्न भएको भन्ने वुझिएको र सोले मात्र दीर्घकालिन समाधान दिन नसक्ने ठहर नीजि क्षेत्रको रहेकोले प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र वैंकका गर्भनरलाई थप गम्भीर बनिदिन अपिल गरेको छ । कमर्शियल बैंकलाई राज्यको तर्फबाट ४ प्रतिशत ब्याजमा रकम उपलब्ध गराईएको छ ।

तर त्यसमा कमर्शियल बैकहरुले ९ प्रतिशतसम्म ब्याज लिँदै आएको आरोप पनि निजी बैंकहरुको छ । पुनःकर्जा अन्तरगतको ४ प्रतिशतको ब्याजमा लिईएकोमा त्यो रकममा ६ प्रतिशत लिएर कर्जा प्रवाह गर्नु पर्नेमा ९ प्रतिशत बढी ब्याजमा कर्जा प्रवाह हुँदै आएकोले त्यो पनि घटाउनु पर्ने माग ब्यवसायीको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x