×

NMB BANK
NIC ASIA

वन फडानी र भूक्षयले चुरेवासीमा पानीकाे हाहाकार

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पशुपतिनर- इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् । 

प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको वर्षाैं बितेको छ । गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन् । चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताउनुभयो । 

चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ । वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन् । आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताउनुभयो । 

चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन् । वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ । दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन् । पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताउनुभयो । 

विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन् । विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या हुने गरेको छ । कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनःकक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ ।” अत्यधिक वन फँडानी र खानेपानीको मुहान संरक्षण नहुँदा चुरे क्षेत्रका पानीका मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नं वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा रु एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका ४२२ मध्ये अहिले ८/१० धारामा मात्र मुस्किलले पानी आउँछ । आयोजनाको प्रायः सबै धारा भत्किएका छन् । बाँकीमा दानाबारीको सितलीबजार क्षेत्रका स्थानीयवासीले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दैछन् । 

साविक दानाबारीको–३ को गङ्टे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दालाई अहिले पानीको समस्या छ । खोलाछेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको माई नगरपालिकाका कमल भण्डारीले बताउनुभयो । “पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो अहिले २५÷३० फिट खन्नुपर्छ”, उहाँले भन्नुभयो । चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवासमेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो । खानेपानी लिन घण्टौँ धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताउनुभयो । गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ । 

“बर्खामा त दुःखसुख गरी पानी खाइन्छ, हिउँद लाग्ने बित्तिकै मुहान सुक्छ, पानीको समस्या निकै हुन्छ”, उहाँले भन्नुभयो । पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी आउन छाडेको महमाईका सन्तराम योङहाङले बताउनुभयो । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
SBL
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x