×

NMB BANK
NIC ASIA

अमेरिकी सेनाले विराटनगरमा बनायो हिंसा प्रभावित महिला पुनर्स्थापना केन्द्रको भवन

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- अमेरिकी सेनाले बिराटनगरको खार्जी पश्चिममा गरेको निर्माण पुरा भएसँगै सरकारलाई हस्तान्तरण गरेको छ । महिला तथा बालबालिका पुनर्स्थापना केन्द्रको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी अमेरिकी सेनाले बनाएको पुनर्स्थापना केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

Muktinath Bank

नव निर्मित भवनको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अमेरिकी सेनाबाट निर्माण सम्पन्न भएको भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेको घोषणा गरिन् । उनले प्रदेश सरकार माताहतमा रहने गरी हस्तान्तरण गरिएको जानकारी दिईन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले घरेलु हिंसा, बेचबिखन, यौन दुर्व्यवहार, घर निकालामा परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्रमा राख्न सकिने बताईन् । उनले अमेरिकी सेनाबाट भएको सहयोगको प्रशंसा गर्दै यसको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको बताईन् । उनले अब प्रदेश १ मा रहेका साविकका ९ वटा महिला बालबालिका कार्यालय प्रदेश सरकारलाई हस्तान्तरणको अन्तिम तयारीमा रहेको बताईन् ।


Advertisment
Nabil box
Kumari

उनले यी भवनहरु महिलाको संरक्षण र हितमा प्रयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले अमेरिकी सेनाले संघीय सरकारलाई हस्तान्तरण गरेको संरचना संचालनको जिम्मेवारीसँगै प्रदेश सरकारको दायित्वमा आएकोमा खुसी व्यक्त गर्दै उनले प्रदेशमा एउटा सुबिधा सम्पन्न महिला हिंसा पुनर्स्थापना केन्द्रको स्थापना हुनुले धेरै महिला हिंसा प्रभावितलाई राहत मिल्ने बताए ।

Vianet communication
Laxmi Bank

अमेरिकाबाट आएका अमेरिकी सेनाका एसएफसी मुलेरले नेपालका महिलालाई यसरी सहयोग गर्न पाउनु खुसीको कुरा लागेको बताए । अमेरिकी दुतावास मार्फत अमेरिकी शेनाले यसरी सामाजिक सेवामा काम गर्दै आएको जानकारी दिए ।

त्यस्तै सिडिआर वाल्टरले अमेरीकी आर्मी संगठनले ७ करोडको लगानीमा भवन निर्माण पुरा गरेर सरकारलाई हस्तान्तरण गरेको बताए । उनले हिंसामा परेका महिला र बालबालिकाको लागि यसरी बनाईएको भवनले फाईदा पुग्ने बताए ।

३० जना अट्न सक्ने क्षमताको भवनमा १५ वटा कोठा रहेका छन् । हरेक कोठामा २ वटा बेडका दरले राखिएको छ । त्यस्तै पढ्नको लागि २ कक्षा कोठा, खाना पकाउने तथा खान खाने हल, मिटिङ हल सहितको सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।

भवन निर्माण सक्न ७ करोड लगानी लागेको हो । भवनभित्र आवश्यक पर्ने सबै सामाग्री अमेरिकी सेनाले नै व्यवस्थापन गरिदिएको छ । भवन अमेरिकी सेनाले संघीय सरकारलाई हस्तान्तरण गरे लगत्तै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

अमेरिकी सेनाका मिलेरले संघीय सरकारका सह सचिव राजेन्द्र कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन भने संघीय सरकारको तर्फबाट पोखरेल र सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ७ कठ्ठा ५ धुरमा निर्माण भएको भवनको सही सदुपयोग भएमा हिंसा प्रभावित महिलाहरुलाई ठुलो राहत मिल्ने छ । पछिल्लो समय हिंसाका घटना बढ्दै जाँदा सरकारले तत्काल उद्दार गरेर पनि संरक्षित पुनर्स्थापना गृह नहुँदा समस्या हुँदै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x