×

NMB BANK
NIC ASIA

'सिकारु चालक र स्तरहीन सडक दुर्घटनाकाे कारण'

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ-  चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

“चालकको गम्भीर लापरवाही देखिन्छ”, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।” उहाँका अनुसार चालक १८ वर्षीय प्रवीण पुनसँग चालक अनुमतिपत्रसमेत नभएको बुझिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक पुन प्रहरी नियन्त्रणमा छन् । 

जिपमा स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्कँदै गरेका विद्यार्थी, अभिभावक सवार थिए । २० यात्रु बोकेको जिप सडकदेखि करीब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ । “ठूलो भीरमा दुर्घटना भएको छ”, प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, “अप्ठेरो सडक त्यहीँमाथि बढी भार हुँदा जिपले नियन्त्रण गुमाएको हुनसक्छ ।”

Sagarmatha Cement
Muktinath Bank

चालकको अपरिपक्वता र लापरवाहीले दुर्घटना निम्तिएको हुनसक्ने वडाध्यक्ष विजय अधिकारीले बताउनुभयो । “अनुसन्धानबाट वास्तविकता बाहिर आउला”, उहाँले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा लापरवाही भएको देखिन्छ ।” 

यात्रुले पनि सजगता नअपनाएको स्थानीयवासीको भनाइ छ । साँझको समयमा घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ । चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ । दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुलसी र एलिनाको घटनास्थलमै र प्रियङ्का र ज्योतिको उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । दुर्घटनामा परी गम्भीर घाइते छ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटनापछि छिस्तीको केवै गाउँ शोकमग्न बनेको छ । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटिएका थिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x