×

NMB BANK
NIC ASIA

कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा माथिको उपनिर्वाचनका लागि कानूनमा स्पष्ट व्यवस्था भए पनि तल्लो पदका विषयमा कुनै उल्लेख नभएकाले संशोधनका लागि प्रस्ताव पेश गरिएको र कानून बनेर आएपछि मात्रै उपनिर्वाचन हुनेछ । 

सरकार र निर्वाचन आयोगको समन्वयमा मिति तय भएपछि मात्रै उपनिर्वाचन हुने जानकारी दिँदै उहाँले आयोग जुनसुकै बेला उपनिर्वाचन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । हालसम्म प्रदेशसभा र स्थानीय तहमा गरेर कूल ९४२ पद रिक्त छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार प्रदेशसभा सदस्य दुई, स्थानीय तहअन्तर्गत गाउँपालिका अध्यक्ष दुई र नगरप्रमुख दुई, वडाध्यक्ष ३६, वडा सदस्य ४१५, महिला वडा सदस्य २११, दलित महिला वडा सदस्य २३५ र स्थानीय तह कार्यपालिका सदस्य ३९ गरी ९४२ पद रिक्त छ । 

उपनिर्वाचनको माध्यमबाट पदपूर्तिका लागि सम्बन्धित कार्यालयबाट माग भएर आएको जानकारी दिँदै यादवले आयोग उपनिर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । भक्तपुर र बाग्लुङको प्रदेशसभा सदस्य, सङ्खुवासभा र पाँचथरको गाउँपालिका अध्यक्ष तथा धरानको नगरप्रमुखको पद खाली छ । ठूलो सङ्ख्यामा वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यको पद रिक्त छ । 

मौजुदा निर्वाचन कानूनमा भएका कमीकमजोरी पहिचान गरी सुधार ल्याउने र एकीकृत कानून तर्जुमा गर्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निश्चित समयको अन्तराल र कार्यतालिकामा आधारित आवधिक निर्वाचन पद्धति अवलम्बन गर्न नसक्दा निर्वाचन व्यवस्थापन तत्कालको परिस्थिति तथा भैपरी आउने घटना र क्रियाकलापका आधारमा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले थप व्यवस्थापन गरी अझै बढी स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन निर्वाचन सञ्चालन तालिका बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । 

उहाँले निर्वाचन प्रक्रिया र प्रणालीमा सुधार गरी प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न अध्ययन थालेको बताउँदै मतदाता शिक्षा तथा नामावली दर्ता प्रक्रियालाई समयानुकूल परिमार्जन गर्दै प्रविधिको प्रयोगमा जोड दिनेतर्फ आयोग लागेको जानकारी दिनुभयो । 

“आयोग अनलाइन प्रणालीमार्फत मतदाताको नाम दर्ताका साथै मतदातालाई सहज, सरल, छरितो सेवा प्रदान गर्नतर्फ अग्रसर छ”, यादवले भन्नुभयो । गएको वैशाखदेखि अहिलेसम्म दुई लाख ९० हजार १५४ मतदाता थपिएसँगै हाल मुलुकमा एक करोड ५७ लाख मतदाता पुगेको आयोगले जनाएको छ । वैदेशिक सम्बन्ध विस्तारमा अयोगले ध्यान दिएको बताउँदै उहाँले विभिन्न देशका निर्वाचन कार्यालयसँग आपसी सहकार्य र समन्वयका लागि सम्झौतासमेत भएको जानकारी दिनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x