×

NMB BANK
NIC ASIA

आधुनिक प्रेम कथामा ‘जानी नजानी’ निर्माण, यस्तो छ फिल्मका मुख्य पात्रको क्यारेक्टर

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। चैत १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जानी नजानी’को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ ।

Muktinath Bank

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लभ स्टोरी चलचित्र यी चार कलाकारकै वरपर घुमेको छ । मुख्य कलाकारलाई केन्द्रित गर्दै निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 


Advertisment
Nabil box
Kumari

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र चलचित्रको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरी पोस्टर तयार पारिएको डेब्यू निर्देशक बसन्त अधिकारी बताउँछन् । धेरै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्दैछन् । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।

Vianet communication
Laxmi Bank

‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा निर्देशनमा डेब्यू गरे’ निर्देशक अधिकारी भन्छन् –‘चलचित्रले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’ लेखन सामिप्य पनि चलचित्रलाई लिएर आशावादी छन् । ‘चलचित्रमा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन –‘चलचित्रले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोँचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’ चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘चलचित्रले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन –‘चलचित्र मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’ 

चलचित्र छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । चलचित्रमा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x