×

NMB BANK
NIC ASIA

नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा विवाद हुँदा पार्टीको एकता टुङगो लगाउन सकस भइरहेको छ । एकता प्रक्रिया टुङगो नलाग्दा पार्टीभित्र विवाद पनि बढ्दै गएको छ । तर नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालको गृहजिल्ला रूपन्देहीमा चामत्कारिक रूपमा पार्टीका टोल कमिटीसम्म गठन भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टीको उपमहानगर कमिटी, नगर, गाउँ कमिटी, वडा कमिटी हुँदै टोल कमिटीसम्म गठन धमाधम भइरहेका छन् । सबै कमिटीहरू गठन गरी नेकपा संगठन विस्तारमा केन्द्रित भएको देखिन्छ । नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बुटवलमा सबै कमिटीहरू गठन भएर आफूहरू पार्टी प्रशिक्षणमा जुटेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बुटवलमा नगर कमिटी घोषणा भएको एक महिनामा २१ वटा शाखा कमिटी गठन गरेका छौं,’ पन्थीले भने,  ‘१९ वटा वडा कमिटी र २ वटा हाटबजार र ई–रिक्सा कमिटी गठन गरी सकेर हामीहरू टोल कमिटी पनि गठन भएका छन् । बुटवलमा हामीले नेकपाका २ सय ५० टोल कमिटीहरू पनि गठन भइसकेका छन् ।’


Advertisment
Nabil box
Kumari

सबै कमिटीहरू गठन हुँदा कतै पनि विवाद नभएको उनले बताए । पार्टीको प्रदेश कमिटी गएको मंसिर २८ गते घोषणा भयो । पुस ९ गते जिल्लामा शाखा कमिटी गठन गर्न कार्यदलले निर्देशन दिएसँगै पार्टीका सबै कमिटीहरू निर्माणमा जुटेका थिए ।

Vianet communication
Laxmi Bank

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले आफूहरूले पनि सबै वडा कमिटीहरू गठन गरिसकेको बताए । ‘हामीले पनि कुनै पनि विवाद नभई सबै कमिटीहरू गठन गरिसक्यौं । अब टोल कमिटीमा निर्माण केन्द्रित हुने तयारीमा लागेका छौं ।’ उनले थपे, ‘१७ वटा वडा कमिटी मध्ये पूर्व एमालेलाई ११ वटामा अध्यक्ष र पूर्व माओवादीलाई ६ वटामा अध्यक्षको जिम्मेवारीसहित वडा कमिटीहरू गठन गरिएको छ ।

नेकपा रूपन्देहीको प्रस्तावित अध्यक्ष गोपाल भट्टराई र कार्यदल सदस्यमा निर्मल जिसी, शिवराज सुवेदी र विश्वास बराल रहेका छन् । नेकपा सैनामैना नगर कमिटी अध्यक्ष नारायण न्यौपानेले सबै वडा कमिटीहरू गठन भइसकेको बताए ।

उनले भने, ‘११ वटा वडा कमिटीहरू गठन भएर आफूहरू १ सय १० वटा टोल कमिटीहरू निर्माणमा जुटेको छौं । हामीले कमिटी गठन गर्दा कुनै विवाद भएको छैन । सर्वसम्मत रूपमा गठन गरेका छौं ।’

रूपन्देहीमा १६ स्थानीय तह छन् । त्यसमा गएको स्थानीय तह निर्वाचनमा पूर्व एमालेले ७ वटा र पूर्व माओवादीले १ वटा क्षेत्रमा विजयी भएका थिए । त्यस्तै प्रतिनिधि सभाका ५ वटा क्षेत्रमध्ये पूर्व एमालेबाट महासचिव विष्णु पौडेल,  स्थायी कमिटी सदस्य घनश्याम भुसाल, छविलाल विश्वकर्मा विजयी भएका थिए । 

त्यस्तैगरी प्रदेशसभामा ६ जना सांसदहरू निर्वाचित भएका छन् । नेकपा कार्यदलका सदस्य तथा प्रस्तावित अध्यक्ष गोपाल भट्टराईले कुनै विवादरहित रूपमा पार्टीका सबै कमिटीहरू निर्माण भएको बताए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x