कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौँ-नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ता र पार्टीका नेताहरुबीच झडप भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिति आएको हो ।
झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्तान मियाँलाई विमलेन्द्र निधिका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समूहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र निधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताए ।
त्यस्तै सह महामन्त्री प्रकाशशरण महतले विद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निवर्तमान केन्द्रीय सदस्य नमराज त्रिपाठीले जानकारी दिए । झडपको विषयमा डा. महतसँग सम्पर्क गरेर गर्दा हात हालाहालको स्थिति नभएको र विधान अनुसार नै पार्टी चल्ने कुरामा ढुक्क हुन आग्रह गरे । उनले कसैलाई पनि हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केही दिनअघि राजिनामा दिएका थिए । महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ ।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुने भनी पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि तदर्थ समिति ३२ माथिको आउनसक्ने चर्चासँगै नेविसंघमा तीव्र ध्रुवीकरण बढेको छ । केही दिनदेखि ३२ वर्षमुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा धर्नामा रहेका थिए ।
आफ्नो मागबारे नेतालाई राम्रो जानकारी होस् भनी नेविसंघका नेता कार्यकर्ताले उपसभापति विमलेन्द्र निधिलाई घेरेको भिडियोमा स्पष्ट देखिन्छ । उनको सुरक्षाकर्मीले भिडलाई पन्छाउदै निधिलाई पार्टी कार्यालयको मुलगेटमा पुर्याउछन् । त्यसपछि सुरक्षाकर्मीको घेरामा बसेर उपसभापति निधि र सहमहामन्त्री प्रकाशरण महत नेविसंघ कार्यकर्तामाथि प्रतिवादमा लागेको भिडियोमा देखिन्छ ।
विधानअनुरुप पार्टी चल्नुपर्छ भन्ने माग राख्दै आएका विद्यार्थीहरुमाथि नेता नै जाईलाग्नु निन्दनीय भएको र विधानअनुसार पार्टी नचलेसम्म धर्ना जारी रहने निवर्तमान केन्द्रीय सदस्य शुसिल भट्टले बताए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...