कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
फागुन १०, २०७५
काठमाडौं– प्रहरी प्रधान कार्यालयले बिहीबार नेपाल प्रहरीका ४० एसपीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको सहमतिमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले उनीहरुको सरुवा गर्ने निर्णय लिएका हुन् ।
सरुवा भएका अधिकारीहरुको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच बिहिबार नै प्रधान कार्यालयले हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना गरेको छ । पदस्थापन हुनेमा रमेश कुमार बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बहादुर बुढा रहेका छन् ।
समाज कल्याण पदाधिकारी पदमुक्त
सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत कार्यसमेत गरी परिषदलाई हानि पु–याएको आरोपमा पदमुक्त गरिएको हो ।
परिषद्मा भएका आर्थिक, प्रशासनिकलगायत अनियमितताका सम्बन्धमा प्रचलित कानूनबमोजिम थप अनुसन्धान गरी कानूनी कारवाही गर्न उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय सरकारले गरेको छ ।
त्यसैगरी प्रत्येक वर्ष फागुन १ गतेलाई रोजगार दिवसका रुपमा मनाउने निर्णय भएको छ । यही फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले दाना पदार्थ ऐन, २०३३ लागू हुन बाँकी रहेका जिल्लामा समेत लागू गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने लगायतका २३ निर्णय गरिएको जानकारी दिए ।
सानेपामा बाझाबाझ
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता–कार्यकर्ता र पार्टीका नेताहरुबीच बिहीबार बाझाबाझ भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले रोक्न खोजेपछि विवाद भएको बताइएको छ ।
धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्तान मियाँलाई उपसभापति विमलेन्द्र निधिका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समूहले नाराबाजी गरिरहेकै स्थानमा पुगि निधिले हस्तक्षेप गर्न खोजको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताए ।
त्यस्तै सहमहामन्त्री प्रकाशशरण महतले विद्यार्थी नेता निरन्जन थापालाई कार्बाही गर्ने चेतावनी दिएको निवर्तमान केन्द्रीय सदस्य नमराज त्रिपाठीले जानकारी दिए ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केही दिनअघि राजीनामा दिएका थिए । महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ ।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुने भनी पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि तदर्थ समिति ३२ माथिको आउनसक्ने चर्चासँगै नेविसंघमा तीव्र ध्रुवीकरण बढेको छ । पार्टीको केन्द्रीय समिति बैठक चल्दै गर्दा ३२ वर्षमुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका केही नेता कार्यकर्ताले पार्टी केन्द्रिय कार्यालयमा धर्नामा दिँदै आएका छन् ।
विधानअनुरुप पार्टी चल्नुपर्छ भन्ने माग राख्दै आएका विद्यार्थीहरुमाथि नेता नै जाइलाग्नु निन्दनीय भएको केन्द्रीय सदस्य शुशील भट्टले बताए ।
नेकपा बैठक
नेपाल कम्युनिष्ट पार्टी नेकपाको साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राखेका थिए । गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल शुरु गरिएको बताए ।
परिचयपत्र गैरआवासीय र विदेशीलाई नदिन सुझाव
राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए ।
पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि नहुने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।
इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु दुई मात्रै मूल्यवृद्धि गरेको जनाएको छ ।
२१ किलो चरेससहित चार पक्राउ
महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित
आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमाभएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।
नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे ।
बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।
कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...