×

NMB BANK
NIC ASIA

संसद्‍मा प्रश्नोत्तर

मेलम्ची खानेपानीबारे मन्त्रीको फर्मुला : आयोजना+सीएमसी=काठमाडौंवासी जनता

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन आफ्नो फर्मुला संसदमा सुनाएकी छन् ।

Muktinath Bank

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनालाई सफल पार्न ‘मेलम्ची आयोजना+सीएमसी=काठमाडौंवासी नेपाली जनता’ फर्मुला सुनाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो फर्मुला अनुसार पूर्वसचिव गजेन्द्र ठाकुरले काम गरेको नपाइएको मन्त्री मगरले बताइन् । सचिव ठाकुरसँग मन्त्री मगरको विवादबारे सञ्चारमाध्यममा आएका समाचारका विषयमा सोधिएको प्रश्नमा मन्त्री मगरले भनिन्, ‘मिडियाले के कसो भनेर राष्ट्र डुबाउन खोजेको विषयको सम्बन्धित व्यक्तिमै जवाफदेहिता हुन्छ, मलाई यो हिसाबकिताब आउँदैन ।’ आफूले सचिव ठाकुरका विषयमा कतै आधिकारिक धारणा नदिएको मन्त्री मगरले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा पनि विभिन्न भ्रम फैलिएको छ नियोजित ढंगले । एउटा मिडियाले मन्त्रीले १ अर्ब कमिशन खायो भनेर निकै प्रचारबाजी गरेको छ । त्यसपछि मैले मन्त्रालयमा हिसाबकिताब हेरे । जम्मा ८४ करोड १५ लाख भुक्तानी भएको छ म आएपछि,’ उनले संसद बैठकमा भनिन्, ‘केही मिडियाले नियोजित ढंगले गर्न खोजे प्रचारबाजीभन्दा मन्त्रालयले संयमित ढंगले गर्न खोजेको कामलाई सहयोग गरिदिन अनुरोध गर्छु ।’

Vianet communication
Laxmi Bank

मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्ने विषयमा मन्त्री मगरले संसदमा २ वटा विकल्प दिइन् – पहिलो इटलियन कम्पनी सीएमसीलाई नै फिर्ता बोलाउने र दोस्रो नयाँ टेन्डरमार्फत् छिटो काम सम्पन्न गर्ने । सीएमसी कम्पनीलाई नै सरकारले फिर्ता बोलाउने प्रयास गरिरहेको बताउँदै मन्त्री मगरले पूरानै ठेकेदारले आए फाइदा हुने बताइन् ।

‘सीएमसी आए । नेपाली भेन्डरको समस्या हल गर्न सक्छौं, रि–टेन्डरबाट जानुभन्दा छोटो अवधिमै मेलम्चीको पानी ल्याउने । त्यो बीचमा पनि केही व्यवधान छन्, विधिसम्मत् ढंगले ठेक्काको मान्यताभित्र रहेर सीएमसी काम गर्न आए सरकारले वेलकम गर्ने छ । विधिसम्मत् बाहिर कोही जान सक्दैन,’ उनले भनिन् ।

आयोजना, ठेकेदार कम्पनी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं आउने मितिबारे यसअघि बोलिएको स्पष्ट पार्दै मन्त्री मगरले भनिन्, ‘अब जनताको अधिकम् हितलाई मध्यनजर गर्दै सीएमसी वा नयाँ प्रक्रियाबाट काठमाडौंवासीलाई पानी पुर्याउन प्रतिवद्ध छौं ।’

मन्त्री मगरले आफूले कार्यभार सम्हालेपछि तुलनात्मक रुपमा मेलम्चीमा रफ्तारमा काम भएको बताइन् । ‘मेलम्चीलाई जुन स्पीडमा मैले नेतृत्व गरेपछि लिएर अगाडि बढेका थियौं, धेरै उल्लेखनीय काम भएको छ । तुलनात्मक रुपमा निकै फड्को मारेको छ,‘ उनले भनिन्, ‘तर एउटा अन्तिम परिणाम दिन सफल भएन, सीएमसीको पछिल्लो चरणको लापरवाहीका कारणले सकेनौं । तुलनात्मक रुपमा मेरो कार्यकालमा उल्लेखनीय काम भएको छ, निकै रफ्तारमा काम गर्यौं ।’ 

आफ्नो कार्यकालमा टनेलको ब्रेक थ्रुु, टनेल फिनिसिङ, भेन्टिलेसन, गेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताइन् । ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, उपत्यकावासी जनताको निकै महत्त्वपूर्ण आयोजना हो । मेरो व्यक्तिगत, मेरो सफलतासँग जोडिएको विषय हो,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x