×

NMB BANK
NIC ASIA

'टोटल धमाल' समीक्षा : बकवास कमेडी, दर्शकको टाउको दुखाउने मेलो

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — शुक्रवारबाट इन्द्र कुमार निर्देशित हिन्दी फिल्म टोटल धमाल रिलिज भएको छ । धमाल फ्य्रान्चाइजीको यो तेस्रो फिल्म हो । दोस्रो धमाल फिल्म बक्स अफिसमा पूरै फ्लप भएपछि फिल्मनिर्माताहरूले ठूला स्टार राखेर सिक्वेल बनाउने निर्णय लिए र अजय देवगण, अनिल कपूर र माधुरी दीक्षित नेनेलाई राखे । 

Sagarmatha Cement
Muktinath Bank

खराब फिल्म बन्छन् अनि कुनै खराब फिल्म चाहिँ हेरुन्जेल रमाइलै लाग्छन् । तर यो फिल्म त रमाइलो पनि छैन । यस फिल्ममा पैसा गीतको पार्श्वध्वनि बजिरहन्छ र दर्शकहरूलाई पैसा नाश भएको अनुभव दिइरहन्छ । समयको सत्यानाश भएको त कुरै नगरौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको कथानक नै प्रोमोमा देखिएको पुलजस्तै कमजोर छ । हुन त यो फिल्म हेर्नका लागि दिमाग लगाउनुपर्ने अपेक्षा पनि गरिएको थिएन । 


Advertisment
Nabil box
Kumari

यस्ता फिल्महरू बलियो कमेडीमा निर्भर रहन्छन् सामान्यतया । तर अर्शद वारसी र जावेद जाफ्री हराएको मरुभूमिमा पानीको अभाव भएजस्तै टोटल धमालमा कमेडीको अभाव छ । 

Vianet communication
Laxmi Bank

फिल्मको कथा भन्नुपर्दा पहिलो धमाल जस्तै मर्ने अवस्थामा रहेको एक व्यक्तिले शुरूतिर जनकपुर चिडियाखानामा ५० करोड भारु लुकाएर राखिएको बताउँछन् । अनि त्यो पैसा हत्याउनका लागि पात्रहरूले पागल तरिकाले भागाभाग गर्ने सिलसिला शुरू हुन्छ । अजय देवगण, सञ्जय मिश्र, जावेद जाफरी, अरशद वारसी, पारपाचुके लिन लागेका अनिल कपूर र माधुरी दीक्षित, बोमन इरानी र रितेश देशमुख चिडियाखानामा पहिले पुग्नका लागि दौडन्छन् । 
तर चिडियाखाना पुग्दा उनीहरूले अर्कै किसिमको समस्या भोग्नुपर्छ । उनीहरूले त्यो बाधालाई कसरी पार गर्छन् र पैसा पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा यस फिल्मको कथा अडिएको छ । त्यसो त फिल्ममा जनावरहरूका विषयमा एउटा सन्देश पनि दिइएको छ तर फिल्म हेर्दा टाउको दुखेर तपाईं त्यो सन्देशै पत्तो पाउनुहुन्न । तपाईं पनि फिल्ममा बाँदरले पञ्जाले मुखमा हानेको जस्तो अनुभव गर्नुहुन्छ । 

यो फिल्ममा अलिकति हेर्न हुने कुरा भनेको अनिल कपूर र माधुरी दीक्षितको जोडी हो र उनीहरूले दुई दशकपछि पनि शुद्ध केमेस्ट्री र पार्टनरशिप रहेको प्रमाणित गरेका छन् । उनीहरूले गुजराती र मराठी भाषामा गरेका संवाद आदानप्रदानले तपाईंलाई थोरबहुत मुस्कान दिन्छन् । 

अजय देवगणको पात्र झुर तरिकाले लेखिएको भए पनि उनको अभिनय राम्रो छ । अब्बल अभिनेता सञ्जय मिश्रले भने फिल्ममा केही पनि गर्न पाएका छैनन् । 

अरशद वारसी र जावेद जाफरीले अघिल्ला दुई फिल्ममा बरू राम्रो काम गर्न पाएका थिए र यसमा उनीहरूको कमेडी बनावटी लाग्छ । 

पान चपाउने अग्निनियन्त्रकको भूमिकामा रितेश देशमुखले अलिअलि हसाउँछन् । अनि फिल्ममा मुंगडा भन्ने एउटा गीत राखिएको छ जसमा सोनाक्षी सिन्हा नाचेकी छन् । त्यसको कुनै अर्थ छैन । 

समग्रतामा भन्नुपर्दा यो फिल्ममा गरिएको ओभरयाक्टिङले दर्शकको टाउको दुखाउँछ । अधिकांश संवादहरू सुन्दै विरक्ति लाग्ने खालका छन् र सीजीआई इफेक्टहरू रद्दी छन् । 

यो फिल्म त बरू पूरै जनावरहरूमा केन्द्रित रहेर बनाइएको भए नि हुन्थ्यो जस्तो दर्शकलाई लाग्छ । 

जोकहरू सबै ह्वाट्सयापमा फर्वार्ड गरिने स्तरका छन् र अभिनेताहरूले जोक सुनाउनुअघि नै दर्शकले थाहा पाइसक्छन् । कमेडी भनेको चिच्याउने र क्यारिकेचर गर्ने काम मात्र हैन भनी बलिउडले कहिले बुझ्ने ? 

ग्रेट ग्रान्ड मस्ती र डबल धमाल जस्ता फिल्ममा रमाउने तपाईंको स्तर हो भने यो फिल्म तपाईंलाई मन पर्छ । नभए तपाईं सप्ताहान्तमा यो फिल्म हेर्नु भन्दा पनि अरू कुनै गतिलो काम गर्न जानुभए हुन्छ । 

इन्डिया टुडेमा प्रकाशित लक्षणा एन पलटको समीक्षा
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x