×

NMB BANK
NIC ASIA

गगन थापालाई गोकुल बाँस्कोटको जवाफ– पूर्वाग्रहलाई के भन्न सकिन्छ, सलाम छ हजुर !

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलका क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकारको नियतमा प्रश्न गरे ।

Muktinath Bank

गगनको भनाइ थियो– 'विधेयकका दफा र धारा त संशोधन हुन सक्ला, तर नियत कसरी सच्याउने ? कांग्रेस सांसद थापाले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गर्न खोजेको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले अहिले कांग्रेसले प्रयोग गर्ने गरेको जुम्ल्याहा शब्द (दुईतिहाइको दम्भ र अधिनायकवाद)सँग जोडेर हेर्न आवश्यक नभएको बताए ।


Advertisment
Nabil box
Kumari

‘ज्ञानेन्द्र फाल्ने एउटा कम्पोनेन्ट नै आज यो ठाउँमा आइपुगेको हो । स्वतन्त्रताको स्वादका लागि नेपाली जनताले लडेको हो । कसैको बेपत्ताको योगदान र कसैको बेमतलवको योगदान संघीय लोकतान्त्रिक गणतन्त्र होइन । यो साझा सपना र संकल्पको ठोस उपलब्धि हो,’ मन्त्री बाँस्कोटाले गगनतर्फ लक्षित गर्दै भने, ‘त्यसैले अन्तै विषय छर्नेभन्दा माननीयज्यूले उठाउनुभएको प्रश्न हामीले राम्रो गर्नै खोज्दा भएको कमजोरी हटाउन सकिन्छ । तर, पूर्वाग्रहलाई त के भन्न सकिन्छ, के गर्न सकिन्छ ? सलाम छ हजुर !’

Vianet communication
Laxmi Bank

मन्त्री बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा कुनै बाधा नगर्ने स्पष्ट पारे ।

के भनेका थिए गगनले ?

थापाले विधेयकको माध्यमबाट सरकारले जनताको मुख थुन्न खोजेको आरोप लगाएका थिए । यसमा सरकारको नियत नै खराब देखिएको उनको आरोप थियो ।

विधेयकले वाक स्वतन्त्रतामा नियन्त्रण गर्ने भन्दै उनले उक्त कुरा सदनको छलफलबाट मात्र सुध्रिने अवस्था नरहेको बताए ।

'कुरा दफाको होइन । कुरा धाराको पनि होइन । कुरा नियतको हो,' थापाले भने, 'सदनमा छलफल गरेर मात्र सच्चिँदैन । जनताको संघर्षबाट मात्र सच्चिन सक्छ ।'

उनले पूर्वराजा ज्ञानेन्द्रले जनताको वाक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको प्रयासलाई अहिलेको सन्दर्भसँग जोडे ।

'राजा ज्ञानेन्द्रले जनताको मुख बन्द गर्न फोन बन्द गरेको सम्झन्छु । फोन बन्द भयो, जनताको मुख बन्द भएन,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x