चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
फागुन १०, २०७५
काठमाडौं — भारतको जम्मु कश्मीरस्थित पुलवामामा सुरक्षाकर्मीहरूमाथि भएको आक्रमणको एक हप्तापछि कांग्रेसले बिहीवार प्रेस मीट गरेर सरकारसँग पाँचवटा प्रश्न गरेको छ ।
कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले प्रधानमन्त्रीको संवेदनशीलतामा प्रश्न उठाए ।
उनले भने, ‘पुलवामा आक्रमणपछि देश नै शोकाकुल हुँदा देशका प्रधानमन्त्री एक प्रचार फिल्मको शूटिङ गरिरहेका थिए । यति ठूलो आक्रमणपछि पनि प्रधानमन्त्रीले आफ्नो कार्यक्रम टार्ने कष्ट गरेनन्, उनले राष्ट्रिय शोकको घोषणा पनि गरेनन् ।’
कांग्रेसको यो चर्को आक्रमणपछि भाजपाले पनि प्रत्याक्रमण ग¥यो ।
भाजपा अध्यक्ष अमित शाहले कांग्रेसमाथि पुलवामा आक्रमणको राजनीति गरेको आरोप लगाए र प्रधानमन्त्री मोदीले दिनमा १८ घन्टा काम गर्ने गरेको बताए ।
शुक्रवार कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि आक्रमण गर्दै तीनवटा तस्वीर ट्वीट गरे अनि व्यंग्य गर्दै फोटोशूट सरकार लेखे ।
यस ट्वीटको केही समयपछि भाजपाको आधिकारिक ट्विटर ह्यान्डलमा लेखियो, ‘राहुलजी, भारत तपाईंको फेक न्युजबाट अघाइसकेको छ । देशलाई दिग्भ्रमित गर्नका लागि बिहानका तस्वीर पोस्ट गर्न बन्द गर्नुस् । उक्त आक्रमणका बारेमा तपाईंलाई पहिले नै थाहा थियो होला तर भारतका जनताले यसको खबर साँझ मात्र पाए । अर्कोपल्ट कुनै स्टन्ट गर्दा जवानहरूको शहादतलाई समावेश नगर्नुहोला ।’
यसअघि एनडीटीभीमा प्रकाशित एक रिपोर्टअनुसार, सरकारका सूत्रहरूले के बताए भने प्रधानमन्त्री मोदीलाई पुलवामा आक्रमणको जानकारी ढिलो गरी प्राप्त भयो ।
खबर अनुसार, भाजपाले यस विषयमा प्रधानमन्त्रीको बचाउ गर्दै खराब मौसम र फोनको नेटवर्क कमजोर भएका कारण प्रधानमन्त्रीलाई आक्रमणको सूचना २५ मिनेट ढिलो भयो ।
यसबाहेक राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग सोधपुछ गरिएको खबर पनि छ ।
बीबीसी हिन्दीबाट
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...