×

NMB BANK
NIC ASIA

१६ सय करोड पर्ने हीरा !

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको दिल्लीस्थित राष्ट्रिय संग्रहालयमा हैदराबादका निजामको आभूषणहरूको प्रदर्शनी गरिएको छ । उक्त आभूषणमा ज्याकब डायमन्ड पनि रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो संसारको सातौं सबभन्दा ठूलो हीरा हो । यसको आकार कोहिनूरभन्दा बढी ठूलो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हीराको मूल्य १६ सय करोड रुपैयाँ छ । 


Advertisment
Nabil box
Kumari

अहिले यो हीरामा भारत सरकारको स्वामित्व छ । 

Vianet communication
Laxmi Bank

हैदराबादका छैठौं निजाम महबूब अली खाँ पाशाले यो हीरा ज्याकब जामक हीरा व्यापारीसँग किनेका थिए । त्यसैले यसको नाम ज्याकब डायमन्ड राखियो । 

त्यसो त यस हीरालाई इम्पिरियल ह्वाइट र भिक्टोरिया नामले पनि पुकारिन्छ । 

यो हीरा दक्षिण अफ्रिकाको किम्बर्ली खानीमा भेटिएको थियो । यसलाई कटिङ गर्नुपूर्व यसको तौल ४५७.५ क्यारेट थियो र त्यस समयमा यो संसारको सबभन्दा ठूला हीरामध्ये एक मानिन्थ्यो । 

त्यसपछि यो हीरा चोरी भयो र यसलाई पहिले लन्डन अनि पछि होल्यान्डको एक कम्पनीलाई बेचियो । यसलाई होल्यान्डकी महारानीका अगाडि पनि काटियो र यसको तौल १८४.५ क्यारट मात्र रह्यो । 

सन् १८९० मा म्याल्कम ज्याकब नामक हीरा व्यापारीले हैदराबादका छैठौं निजाम महबूब अली खाँ पाशालाई यो हीराको एक नमूना देखाइयो र असली हीरा बेच्नका लागि १ करोड २० लाख भारु दिइनुपर्ने बताइयो । तर निजाम जम्मा ४६ लाख दिन तयार भए । तैपनि यो बेचियो । 

आधी रकम लिएपछि ज्याकबले इंग्ल्यान्डबाट हीरा मगाए तर निजामले हीरा लिन मानेनन् र पैसा फिर्ता मागे । 

यसको एउटा कारण के पनि हो भने ब्रिटिश रेजिडेन्टले यो हीरा किन्ने विषयको विरोध गरेका थिए किनकि निजाम ऋणमा थिए । 

ज्याकबले पैसा नफर्काउनका लागि कलकत्ताको उच्च अदालतमा मुद्दा दायर गरे । तर सन् १८९२ मा निजामले यो हीरा पाए । 

ज्याकब हीरा बाहेक कफलिंक, श्रीपेच, हार, झुम्का, बाली र औठीहरू पनि दिल्लीको प्रदर्शनीमा राखिएका छन् । यसअघि सन् २००७ मा पनि यो हीरा प्रदर्शन गरिएको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x