×

NMB BANK
NIC ASIA

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले उदाहरणीय कार्य सुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लोकल मदिरा नियन्त्रण गर्दा बरामद भएका भाँडाहरु गमलामा रुपान्तरण गरेको हो ।

Muktinath Bank

‘हामीले बरामद गरिएका भाँडाहरु जमिनमा गाड्नुपर्ने प्रचलन छ,' जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले भने, ‘ती भाँडाहरुलाई बिचमा काटेर गमला बनाउने र त्यसमा बिरुवा रोप्ने गरेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ६१ ओटा मदिरा बनाउने भाँडाहरु बरामद गरेको जानकारी दिए । ‘जिल्ला भरि हामीले ६१ ओटा भाँडा नियन्त्रणमा लिएका थियौं । ती मध्ये भ्यालीमा मात्रै २१ ओटा भाँडा नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘हामी अहिले ती एक्काईस भाँडालाई गमलामा रुपान्तरण गर्दैछौं, गमलालाई रंगरोगन गरेर आकर्षक बनाइरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

जिप्रकामा प्रतिक्षालय निर्माण जिल्ला प्रहरी कार्यालय हातामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्रले प्रतिक्षालय निर्माण गरिएको छ ।

Vianet communication
Laxmi Bank

उक्त प्रतिक्षालयमा एक टिभी राखेर सुर्खेत प्रहरीका कामहरु, विभिन्न जनचेतनामुलक जानकारीहरु बजाउन सुरु गरिएको छ । सेवा केन्द्रका अध्यक्ष नगेन्द्र उपाध्यायले निर्माण व्यवसायी संघबाट टिभी तथा काठ व्यवसायीबाट काठ उठाएर प्रतिक्षालय निर्माण गरिएको बताए ।

उनका अनुसार अन्य व्यापरीबाट सीमेन्ट लगायका सामाग्रीहरु जुटाई निर्माण कार्य सम्पन्न भएको हो । लागत कति लाग्यो भन्ने निर्क्योल गरिएको छैन ।

जिप्रकामा केरा रोपियो

प्रहरी कार्यालय परिसरभरि केरा रोपिएको छ । फिल्डमा दुबो रोपिएको छ भने बाँकी जमिनमा तरकारी खेती गरिरहेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । उनले आफूहरुले प्रहरी कार्यालयको जमिनलाई बाँझो नराख्ने गरी यी कार्यहरु गरिएको बताए ।

यसैबीच, समुदाय प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत शुक्रवार प्रतिक्षा मन्टेश्वरीका विद्यार्थीलाई जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त रजौरेले प्रशिक्षण दिएका छन् । उनले सुरक्षा भनेको के हो ? कसरी बच्ने, आधारभूत सुरक्षाबारे, कस्तो छुवाई राम्रो कस्तो नराम्रो, गोप्य कुरा, सडक सुरक्षा र डायल १०० बारे प्रशिक्षण दिएका हुन् । ‘हामीले ३ थरी प्रशिक्षण अभियान चलाउने भएका छौं,’ उनले भने, ‘१ कक्षा देखि ४ सम्म, ४ देखि ८ सम्म, ८ कक्षादेखि १२ सम्म तथा महिला समूह, नागरिक समूह लगायतलाई हामी प्रशिक्षण दिने डकुमेन्ट दायर गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x