×

NMB BANK
NIC ASIA

जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो ।

Muktinath Bank

यो चलचित्रको ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाईएको छ । यी दुबैजना कर्पोरेट व्यबसाय पेशामा छन् । उनीहरु पेशाकै क्रममा निटक भएको र त्यसपछि प्रेम सम्बन्धमा उतार चढाब आएको देखाईएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा चिराग बनेका सन्नी सिंह र मिरा बनेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो सम्बन्धले मिराको जीवनलाई पिडायुक्त बनाएको पनि ट्रेलरमा उल्लेख छ । त्यो सम्बन्ध तोड्न बर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ । यो चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा छन् ।


Advertisment
Nabil box
Kumari

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको उनले बताए ।  बिगत आठ वर्षअघि देखि आफु र सामिप्यराज तिमिल्सिनाले यो स्कृप्ट तयार गरेको र एउटा राम्रो स्कृप्टमा सिनेमा बनाएको पनि निर्देशक अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

जानी नजानीमा आफुले सक्दो राम्रो काम गरेको अभिनेता मनिष श्रेष्ठले कार्यक्रममा बताए । अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र जानी नजानीबाट आफु निकै उत्साहित रहेको बताईन् ।

आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । लेखक तिमल्सिनाले चलचित्र ड्रिम पछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी फिल्म भएको बताए । यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि म्युख्य सहायक निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय फिल्म बनाएको बताए ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । जानी नजानी मार्फत मनोरञ्जनसँगै दर्शकले ससक्त सन्देश पनि पाउने निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन् । फिल्मलाई निकै स्तरीय बनाएको जिकिर उनले गरिन् । निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन ।

अर्का निर्माता मोदनाथ खनालले आफु यो क्षेत्रका लागि नयाँ भए पनि एउटा समसामयिक तर आदर्श प्रेमकथामा यो फिल्म बनाएका बताए । चलचित्र जानी नजानीले नेपाली समाजमा प्रेमको परिभाषा केही फरक रुपमा गर्ने विश्वास व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x